Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

माओवादी केन्द्रका सल्लाहकारसहित दुर्इ दर्जन नेताहरु बैद्य माओवादीमा प्रवेश

[caption id=\"attachment_106130\" align=\"aligncenter\" width=\"750\"]\"\" क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेकालागि अायेाजित स्वागत कार्यक्रम[/caption] काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुबाट बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने क्रमले तीब्रता पाएको छ । पूर्वको मोरङबाट माओवादी केन्द्रका दुई दर्जन भन्दा बढि नेताहरुले विहीबार बैद्य माओवादीमा प्रवेश गरेका छन । बैद्य नेतृत्वको माओवादीबाट बादल समुह माओवादी केन्द्रमा समाहित हुदा सँगै गएका नेताहरुले यतिबेला पूर्व पार्टी बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा फर्किएका हुन् । रामबहादुर थापा बादल समुहसँगै त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुन पुगेका सो पार्टी सल्लाहकार हेमन्त पोख्रेलसहित १५ जना जिल्ला स्तरका नेताहरुले हिजो सुनसरीमा आयोजित एक कार्यक्रम बिच बैद्य माओवादीमा प्रवेश गरेका छन् । मोरङको कसेनी घम्पालमा भएको कार्यक्रममा माअोवादी केन्द्रको वनिगामा गाउँ कमटि सिंगाे नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेको क्रान्तिकारी माअोवादीले जनाएको छ । माओवादी केन्द्र बाट अलग्एिका उनीहरुलाई क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पार्टीमा स्वागत गरेका थिए । \"\" क्रान्तिकारी माओवादीमा प्रवेश गर्दा पूर्व माओवादी केन्द्रका सल्लाहकार हेमन्तले आफूहरुलाई झुक्याएर माओवादी केन्द्रमा लगेको आरोप लगाएका छन । उनले माओवादी केन्द्र संसदीय भासमा गाडिएको र त्यहाँबाट जनताको मुक्ती आन्दोलन सम्भव नहुने भन्दै क्रान्तिकारी धारको नेतृत्व गरिरहेको बैद्य माओवादीमा प्रवेश गरेको बताए । पछिल्लो समयमा क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुको संख्या बढिरहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मनोज श्रेष्ठले खबरडबलीसँग बताए । उनले भने–‘पुर्व देखि पश्चिम सम्मका विभिन्न ठाउँबाट पार्टीमा प्रवेश गर्न खोजेका साथिहरुले खबर गर्नुभएको छ । हामीले सैद्धान्तीक छलफल चलाएर उनीहरुलाई पार्टीमा प्रवेश गराउने तयारी थालेका छौ । यतिबेला पार्टी प्रवेशको सुरुवात पुर्वको सुनसरीबाट भएको छ ।’

आकाश महासचिव रहेको माओवादी पार्टी पनि बैद्यमा समाहित

पार्टी महासचिव आकाश रहेको माओवादी (क्रान्तिकारी) पनि एक औपचारीक कार्यक्रमबीच बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा समाहित हुन पुगेको छ । बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आकाशले आफुहरु बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रवेश गरेको जनाएका थिए । आकाश नेतृत्वको माओवादीको पुर्वका सुनसरी, मोरङ र झापामा राम्रो प्रभाव रहेको छ । उक्त पार्टीको पूर्वका जिल्लाहरुबाट एकतामा आएका करिब ५० जना बढिलाई हिजो क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफ्नो पार्टीमा स्वागत गरेका थिए । पार्टी एकतामा आएका दर्जनौ नेताहरुलाई स्वागत गर्दै क्रान्तिकारी माओवादीका उपाध्यक्ष गजुरेलले अबको क्रान्तिको नेतृत्व आफ्ना पार्टीले गर्ने भएकाले कसैलाई पनि भ्रममा नरहन आग्रह गरे । उपाध्यक्ष गजुरेलले भने–‘हामीले क्रान्ति अझै बाँकी छ भनेका छौ । यो नक्कली गणतन्त्रको भ्रममा जनतालाई माओवादी केन्द्रले भुलाउन खोजेको छ । जनताको जनजिविकासँग अर्थ नराख्ने गणतन्त्रको कुनै काम छैन । जनताको गणतन्त्र आएको छैन ।’ उनले जनताको राज्य व्यवस्थाको लडाइमा पार्टीको योजना अनुसार गोलबन्द हुन समेत सबैलाई आग्रह गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending