Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

बालविवाहको पीडा : विवाह दर्ता हुन सकेन, नागरिकता बनेन

\"\"काठमाडौं, २६ फागुन । जिल्लाको चौघर–६ की संगीता थिङ अहिले १९ वर्षकी भइन् । उनको काखमा दुई वर्षको छोरा छ । विद्यालय पढ्दा–पढ्दै १५ वर्षको उमेरमा विवाह भयो । आमाको मृत्युपछि घरमा हेलाको पात्र भइन् । कक्षा ९ मा पढ्दापढ्दै सँगै पढ्ने देवलाल लामासँग उनको विवाह भयो । आजको राजधानी दैनिकमा खबर छ– न त उनको विवाह दर्ता भयो न नागरिकता नै बन्न सकेको छ । विवाह दर्ता र नागरिकता अभावमा संगीताको काखे छोराको जन्मदर्ता पनि हुन सकेको छैन । अर्को वर्षदेखि छोरालाई विद्यालय पठाउनुपर्ने अवस्था छ । तर, जन्मदर्ता नहुँदा उनको छोराले विद्यालय पढ्न समस्या पर्ने देखिएको छ । उमेर सानै भएका कारण विवाह दर्ता हुन नसक्दा संगीता समस्यामा परेकी हुन् । अहिलेका उनका श्रीमान् विदेशमा छन् । गाविसमा विवाह दर्ता गर्नका लागि श्रीमान्–श्रीमती नै जानुपर्छ । जनजातिको बाहुल्य भएको चौघरेमा यो समस्या उनको मात्र होइन, उनीजस्तै धेरै छन् विवाह दर्ता तथा नागरिकता नभएका किशोरीहरू ।२०७२ सालको विनाशकारी भूकम्प जाँदा लाक्पा शेर्पा जम्मा तीन महिनाका थिए । उनका बाबु काम गर्न भन्दै तराई गएका थिए, तर फर्किएनन् । अहिले उनी तीन वर्षमा टेकेका छन् । भूकम्पले घर भत्किएपछि आमा–छोराको बिचल्ली भयो । भूकम्पले घर भत्किएपछि बिचल्लीमा परेका लाक्पालाई डन्डुले तीन महिनादेखि पालेका छन् । उनकी आमा जईकुमारी काठमाडौंमा मजदुरी गरिरहेकी छन् । उनको पनि जन्मदर्ता हुन सकेको छैन । उनको जन्मदर्ता गराउन डन्डु पटक–पटक गाविस कार्यालय धाए । तर, जवाफ एउटै पाए, ‘पहिला आमाबाबुको विवाह दर्ता हुनुप¥यो अनि मात्र हुन्छ ।’‘बाबु सम्पर्कमा छैनन्, आमाको न त नागरिकता बनेको छ न त विवाह दर्ता नै छ,’ उनले भने, ‘अब यो बच्चालाई विद्यालयमा भर्ना कसरी गराउने ?’ यसरी बालविवाहका कारण विवाह दर्ता नहुँदा नौघरेका किशोरी तथा उनीहरूका बालबच्चा राज्यले दिने सेवा–सुविधाबाट वञ्चित हुँदै आएका छन् ।चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधारणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता हुने नगरेको बताए । उनका अनुसार मानिसहरू आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गर्छन् । स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालीन असर पर्ने उनले बताए । ‘कानुनले बालविवाहलाई मान्यता दिएको छैन,’ उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन, नागरिकता नबन्दा उनीहरूबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’ कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै,’ उनले भने, ‘श्रीमान् विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आउँदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपछि बच्चाको पनि जन्मदर्ता हुँदैन ।’यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुनसमेत नपाउने गरेको सचिव खड्काको भनाइ छ । महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा बिजुक्छेले समयमै पारिवारिक घटना दर्ता नहुँदा मानिसहरू राज्यले पाउने सुविधाबाट वञ्चित हुँदै आएका छन् । कार्यालयले महिला बालबालिका लागि विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको उनको भनाइ छ । मानवअधिकारका लागि महिला (डब्लूएचआर) की कार्यक्रम प्रबन्धक उपासना राणा पारिवारिक घटना दर्ताको महŒव अझै पनि गाउँघरमा बुझाउन नसकिएको बताउँछिन् । ग्रामीण भेगमा सर्वसाधारणलाई यसको महŒव बुझाउन नसक्दा उनीहरू राज्यले प्रदान गर्ने सुविधाबाट वञ्चित हुँदै आएको उनको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy