Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

महरालाई गुनासोः विदेशमा हामी दुई/चार ठाउँ नै बेचिनुपर्ने रहेछ मन्त्री ज्यू

\"\"काठमाडौं । वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुक पुगि अलपत्र भएका नेपाली कामदारहरुको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ । विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्ने क्रममा नुवाकोट जिल्ला, पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आईपुेकी छिन् । एक वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा उनी कुवेत पुगेकी थिए । आफूलाई नेपाल आउन पहल गरेकोप्रति खुशी व्यक्त गर्दै तामाङले बुधबार (आज) परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर भनिन् “मलाई नेपाल झिकाउन पहल गरेकोमा धन्यवाद ।” उनले कुवेतमा भोग्नु परेको दुःख सुनाए । तामाङले वि.सं. २०७३ असार २५ गते आफू त्यहाँ पुगेदेखि निरन्तर मालिकको कुटाइमा परेको बताइन । उनले मालिको कुटाई सहन नसकेर भाग्न लाग्दा आफ्नो खुट्टा भाँचिएको गुनासो गरे । खुट्टा भाँचिएपछि अस्पताल भर्ना भएको अवस्थाबाट प्रहरीले लगेर १५ दिन हिरासतमा राखेको उनले जानकारी गराइन । त्यसपछि पुनः मालिकले लगेर आफूलाई पटक–पटक कुट्ने र अन्य व्यक्तिकोमा श्रमका लागि बिक्री गरेको उनले गुनासो गरे । अन्ततः फोनका माध्यमबाट दूतावासको सम्पर्कमा पुग्न सफल भएको र परराष्ट्रमन्त्रीको प्रमुख स्वकीय सचिव युवराज चौलागाईँले निरन्तर पहलमा आफू नेपाल आउन सफल भएको उनको भनाइ थियो । उनले आफूले पाएको दुःख सम्झँदै महिला कामदारका लागि वैदेशिक रोजगार बेठीक भएको बताए । उनका छोरा होमबहादुर तामाङले आफ्नो आमा एकल महिला भएकाले दलालले फकाएर लगेकाले दलाललाई कारबाही गर्न माग गरे । मन्त्रालयकै पहलमा एक साता अघि पाँचथर घरभएकी रञ्जिता तमाङलाई ओमनबाट तथा मलेसियाबाट श्यामकुमार बोहोरा, सेरबहादुर नेपालीलाई र रवीन्द्रकुमार यादव उद्धार गरिएको छ । त्यसैगरी वैदेशिक रोजगारीको शिलशिलामा दुबई पुगेका १५ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । कतारबाट नरबहादुर मगरको उद्धार गरिएको छ भने कार्यस्थलमा खटिएका नेपाली कामदारहरु गंगाराम कुँवर, हरि खत्री र वसन्त कुँवरको मृत्यु भएको र उनका आफन्तलाई एकमुष्ठ रु एक लाख ५९ हजार ८ सय ६० कतारी रियल क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका दुःख पाएकाको उद्धार गरिन्छः परराष्ट्रमन्त्री महरा भेटपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्र मन्त्रालयको जानकारी भन्दा बाहिर भएका धेरै नेपालीले दःुख पाएको हुन सक्ने भन्दै सबैको उद्धारमा पहल गर्ने विश्वास दिलाए । उनले भने “मैले सरकारी निकायको कार्यदल बनाएर समस्याको पहिचान गर्न लगाएको छु, त्यसको सुझाव अनुसार तीब्ररुपमा उद्धारको कार्य अगाडि बढाउँछौ ।” मन्त्री महराले नेपालीका साझा सङ्गठनलाई पनि पहल गर्न भनेको जानकारी दिए । सक्रियपूर्वक काम गर्ने बताउँदै उनले राजदूतावास एवम् सरकार–सरकारबीचमा कुरा गरेर समस्याको समाधान गर्ने प्रयत्न गर्ने बताए । सरकारी भन्दा पनि भूमिगत रुपमा वैदेशिक रोजगारीमा गएका कारण पनि समस्या ठूलो बन्दै गएको उनको भनाइ थियो । वैदेशिक रोजगारलाई मर्यादित बनाउनका लागि आफूले सक्रियतापूर्वक काम गरेको भन्दै मन्त्री महराले व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिसँगको सहकार्य गरेर कडाइका साथ नियमन गरिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending