Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

कोरोना सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखेको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आइसियु बनाइएको बताए ।

‘‘अहिले सङ्क्रमण बढदै गए भदौ २ गतेसम्म ४० हजार सङ्क्रमण हुने र तिमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ’’, उनले भने, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आइसियु श्यया तयार पारेका छौँ ।’’

सङ्क्रमण बढदै गएपछि मन्त्रालयले प्रति प्रदेश दुई÷दुई वटा अस्पतालका दरले पाँच÷पाँच वटा आइसियु र दुई दुई वटा भेन्टिलेर बनाउन निर्देशन दिएको थियो । यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० आइसियु श्यया बनाएकोमा त्यो सङ्क्रमित बढ्दै गएपछि भेन्टिलेर र आइसियु शैय्या थप गरेको हो । मन्त्रालयले कोभिड –१९ सङ्क्रमितमध्ये अधिकांश गम्भीर प्रकारको बिरामी नहुने भएकोले अहिले बनाइएका भेन्टिलेटर र आइसियु श्ययाले पुग्ने आँकलन गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले ९८ प्रतिशत सङ्क्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताए । उनले सङ्क्रमण नदेखिएका बिरामीलाई भेन्टिलेटर र आइसियुको आवश्यकता नपर्ने बताए । उनका अनुसार अहिले काठमाडौमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना आइसियुमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई २०÷२० श्ययाको आइसियु बनाउने निर्देशन भए बमोजिम तयार पारेको जनाइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अस्पतालमा रहेका १० मध्ये तीन सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए । अन्य सात जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ । उनले ति सङ्क्रमितलाई सास फेर्न गाह्रो हुने र क्लिनिकल्ली रुपमा ठिक नभएका सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए । निर्देशक डा राजभण्डारीले आइसियुमा रहेको बिरामी पनि त्यति गम्भीर खालका नभएको बताए ।

अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेका छन् । नेपालमा पहिलो पटक चीनको वुहान शहरबाट आएका व्यक्तिमा गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म कूल नौ हजार २६ जना सङ्क्रमण देखिएका छन् । तिमध्ये एक हजार ५७८ जना डिस्चार्ज भएका छन् भने २३ जनाको कोभिड–१९ को कारणले निधन भएको छ ।

यसैगरी अहिलेसम्म सात हजार २३१ सङ्क्रमित आइसोलेशनमा छन् । एक लाख ७५ हजार १७३ जनाको पीसीआर र दुई लाख ६२ हजार १७४ को आरडीटी परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy