काठमाडौ । टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४र०७५ मा ३१, आव २०७५र०७६ मा ३६ र आव २०७६र०७७ मा ३९ उजुरी दर्ता भएका हुन् । टोखा नगरपालिका न्यायिक समितिका सदस्य एवं टोखा नगरपालिका–७ का वडासदस्य गोपी पाठकले नगरपालिकामा घरेलु हिंसा, जग्गा जमिन मिचिएको, बाटोको झगडासम्बन्धि बढी उजुरी पर्ने गरेको जानकारी दिए ।
टोखा नगरपालिकाले उजुरी परेका १०६ मध्ये २४ उजुरीको फैसला गरिसकेको छ । यस्तै, मुताविकमा १६, काठमाडौँ जिल्ला अदालत पठाएको पाँच, मेलमिलाप गरिएको २०, लगत कट्टा गरिएको १५ र कारवाही प्रक्रियामा रहेको २६ उजुरी छन् ।
न्यायिक समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले बाँकी मुद्दाको पनि चाँडो टुङ्गो लगाउने गरी नगरपालिकाले काम गरिरहेको बताए । “हामी निरन्तर छलफलमा छौँ, बन्दाबन्दीका कारण र उजुरी परेका केही व्यक्ति नगरपालिकाभन्दा बाहिर रहेकाले केही मुद्दा टुङ्ग्याउन बाँकी छ”, उनले भने ।
टोखा नगरपालिकाको इजलास हप्ताको हरेक सोमबार बस्दै आएको छ । धेरै मुद्दा भएको समयमा लगातार दुई÷तीन दिनसम्म समेत इजलास बस्ने गर्दछ । टोखाले अब हप्ताको दुई दिन इजलास बस्ने गरी गृहकार्यसमेत अगाडि बढाएको छ । उपप्रमुख डङ्गोलले नयाँ आर्थिक वर्षको शुुरुआतसँगै सबै मुद्दा टुङ्ग्याउने गरी नगरपालिकाले काम गरिरहेको स्पष्ट पारे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: