Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

राष्ट्रियसभाको अधिवेशन असार १७ गते

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि  आह्वान गरेकी छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो ।

सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय  राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भए पनि हाल सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल छिन् । हाल राष्ट्रियसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषद्बाट सिफारिश भई राष्ट्रपतिबाट मनोनीत  हुन । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा(वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे(लुम्बिनी, कांग्रेस)अधिवेशनमा नयाँ प्रवेशी हुन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ जारी

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक...

पर्वतमा एक हजार चार सय हेक्टर जंगलमा डढेलो

पर्वत। यहाँका विभिन्न वन–जंगलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैतदेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जंगल सखाप पारेको छ। डि...

विहिबार नेप्सेमा सामान्य गिरावट

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशत...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

काठमाडौं ।  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहा...

धनुषामा प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनाै सेल अश्रुग्याँस प्रहार

धनुषा। युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । केटा र केटी समूहबीच विवाद...

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति

काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन  हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन ...

बागलुङका वनभरि आगोः बासस्थान खोज्दै गाउँ पसे वन्यजन्तु

बागलुङ। बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । ...

हिमाल उक्लिदै औलो, कर्णालीका हिमाली जिल्लामा बढ्दै औलोका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्...

प्रहरीले यातना दिएको दाबी गर्ने सिंहको भिडिओ फेक भएको पुष्टि

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएको दाबी गर्ने जाजरकोटका गणेशमान सिंहले पहिले नै ‘औषधि’ सेवन गरेको पाइ...

उपनिर्वाचन उम्मेदवारका साझा एजेण्डामा बझाङको ताक्लाकोट सडक

बझाङ  । शनिबार हुने प्रदेशसभा १९१० को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।  साढे त...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies