काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै उनले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताए।
ठगीमा परी उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै मन्त्री श्रेष्ठले समयमै न्याय दिन कानूनी समस्या भएपनि समाधान गरिने बताए। वैदेशिक रोजगारीमा गएर वास्तवमै अलपत्र परेको भए तत्काल उद्धार गरिने तर विभिन्न वहानामा काम नगर्ने र उद्धारको लागि सरकारसँग हारगुहार गर्ने प्रवृति पनि देखिएको बताए।
मन्त्री श्रेष्ठले विभागका कर्मचारीलाई श्रमिकको पक्षमा काम गर्दा समस्या भए मन्त्रालयमा तत्काल जानकारी गराउन निर्देशन दिए। सचिव अर्यालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अनलाइन प्रणालीमा लैजान बाँकी रहेका सेवालाई समेत प्रविधिमैत्री बनाउन निर्देशन दिए ।
इजाजतवाला संस्था (मेनपावर कम्पनी) को दर्ता, नवीकरण, कामदार पठाउन पाउने सिमा, धरौटी रकम, बैंक ग्यारेन्टी, कारबाही, फुकुवा तथा अन्य जानकारीलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको तयारी रहेको मन्त्री श्रेष्ठले बताए। म्यानपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुनःमूल्याङ्कन गर्ने संयन्त्रलाई समेत सुधार गरिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २ गते, २०७९ - २०:३१
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बत...
भाद्र २ गते, २०७९ - २०:२४
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय का...
भाद्र २ गते, २०७९ - २०:१९
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौ...
भाद्र २ गते, २०७९ - १९:४८
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्र...
भाद्र २ गते, २०७९ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएक...
भाद्र २ गते, २०७९ - १८:५९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । बिहीबार भएको मत विभ...
भाद्र २ गते, २०७९ - १८:४९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने प्रास्ताव निर्णयार्थ गर्ने क्रममा प्रमुख ...
भाद्र २ गते, २०७९ - १८:४२
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको हो ...
भाद्र २ गते, २०७९ - १८:३१
काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताएका छन् ।बिहीबार नागरिकता विधेयकमाथि प्रतिनि...
भाद्र २ गते, २०७९ - १८:२२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन् । ...
प्रतिकृया लेख्नुहोस्: