काठमाडौं । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशन पर्खेर बसेका छन् ।
आजै साँझसम्म राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने अनौपचारिक खबर भए पनि पार्टीबाट थप निर्देशन नआएकाले उनीहरु सरकारबाट बाहिरीन तयारी अवस्थामा रहेका हुन् ।
सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । आफूहरू अहिले अलमलको अवस्थामा रहेको र दूरगामी प्रभाव पार्ने निर्णय नगरी सामान्य काम मात्र गरिएको उनीहरूको भनाइ छ ।
कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै मंगलवार बसेको न्यायपरिषद बैठकमा कानुन मन्त्री पदम गिरीले अहिले नयाँ समीकरणको अवस्था आएकाले आफूले कुनै पनि बेला राजीनामा गर्नुपर्ने भन्दै ३५ न्यायाधीश नियुक्ति नगरौँ भनेका थिए ।
मन्त्री गिरीले नैतिकरुपमा राम्रो नहुने भनेपछि लोकसेवा आयोगले सिफारिस गरेका ८ जना जिल्ला न्यायाधीशको मात्र नियुक्ति गरी बाँकीको निर्णय नभएको बताइएको छ । जबकि न्यायपरिषदका अन्य सदस्यले सबै न्यायाधीश नियुक्ति गर्ने भनेका थिए । गिरीले लोकसेवाको परीक्षामा फेल भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्ति गर्न नहुने अडान लिँदै आएका थिए ।
मन्त्रीहरूले पार्टीको निर्देशन कुरेर बसेको कृषि मन्त्री ज्वाला कुमारी साहले बताइन् । अब नयाँ सरकार बन्ने निश्चित भइसकेकाले मन्त्रिपरिषदबाट र अन्य मन्त्रालयबाट पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय र नियुक्तिहरू गर्न नहुने उनीहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १० गते, २०८१ - १५:५४
मनाङ । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ। त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन्। पर्यावरण संरक्षणका लागि...
आश्विन १० गते, २०८१ - १५:५३
बरहथवा । सर्लाही जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक रु। एक लाखबढी आम्दानी गर्दै आइरहेका छन्। दुई महिन...
आश्विन १० गते, २०८१ - १५:४८
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल(क्रान्तिकारी)सँग हातेमाले गर्न तयार रहेको बताएका छन् ।...
आश्विन १० गते, २०८१ - १५:४१
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यही अ...
आश्विन १० गते, २०८१ - १५:२६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । पूर्वप्र...
आश्विन १० गते, २०८१ - १५:१९
काठमाडौं । अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गमा अवस्थीत आवरण स्कीन एण्ड हेयर क्लिनिकमा सर्जन डा.रुपक घिमिरेले निखिलको ...
आश्विन १० गते, २०८१ - १५:१६
काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करो...
आश्विन १० गते, २०८१ - १४:५८
काठमाडौँ । डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । महानगरले व्यक्ति...
आश्विन १० गते, २०८१ - १४:५४
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । पार्टी केन्द्...
आश्विन १० गते, २०८१ - १४:४९
लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्य...
प्रतिकृया लेख्नुहोस्: