Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

काठमाडौं उपत्यकासहित देशभर वर्षाः तराईमा डुबान, ठाउँ ठाउँमा सडक अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।  

सिद्धार्थ राजमार्ग अवरुद्ध 

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा-वालिङ सडकको भीरकोट-४ छाङ्छाङ्दी नजिक शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

वर्षाले सिद्धार्थ राजमार्गको वालिङ-१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।

बीपी राजमार्गमा यातायात ठप्प  

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको  सुनकोशी गाउँपालिका-२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले शनिबार बिहानैदेखि यातायात सेवा ठप्प छ ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका-६ अकरेभिर र फिक्कल गाउँपालिका-२, सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । 

हेटौँडा-काठमाडौं सडकखण्डमा पहिरो  

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा(काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ । 

यस्तै भीमफेदी(फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर-५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी-फाखेल-मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यसैगरी, कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण शनिबार बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका-३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ ।

पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । त्रिभुवन राजपथ, हेटौँडा-फापरबारी-सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।

बेँसीशहर-चामे सडक अवरुद्ध 

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ हावाडाँडा सडक माथिबाट शनिबार बिहान पहिरो आउँदा पूर्ण रूपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका-१, तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

घोराही-तुलसीपुर सडक सडक अवरुद्ध 

दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले शनिबार बिहान डाइभर्सन बगाउँदा सवारी आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका-१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।  

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा 

गएरातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै जम्मा भएर स्थानीयको घरभित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए ।

डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ । वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरू खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ । 

नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढीपहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।

कर्णाली राजमार्ग अवरुद्व

शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत-जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीट्ठरबहादुर ओलीले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पासपोर्ट हरायो !

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ । यसमा भाग लिन विभिन्न देशका सरकार प्रमुखहरू अमेरिकामा पुगेका छन् । भारतीय प्रधानमन्त्री न...

आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटब...

दसैँ–तिहारमा सुरक्षा चुनौतीः काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं । काठमाडौंं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्र...

दसैँ–तिहारमा सुरक्षा चुनौतीः काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं । काठमाडौंं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्र...

कुलेखानी–फाखेल–काठमाडौं सडक सुचारु

मकवानपुर ।  हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौंं सडक सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक पहिरो पन्छाएर सञ्चालनमा ल्य...

वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने ज...

जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा

काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरो...

पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने सडक अबरुद्व

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका२ कौरास्थित भीमफेदी–कुलेखानी‍–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले  आज बिहा...

अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।  बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने...

लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy