Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध, यात्रु मर्कामा

खबरडबली संवाददाता

मुगु ।  हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।  निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा  मर्कामा परेका  छन् । 

तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौं जानुपरेको बताए । ‘मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए,’ उनले भने । 

निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन् । शनिवार पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ ।

हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन् । यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन÷चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पासपोर्ट हरायो !

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ । यसमा भाग लिन विभिन्न देशका सरकार प्रमुखहरू अमेरिकामा पुगेका छन् । भारतीय प्रधानमन्त्री न...

आइपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटब...

दसैँ–तिहारमा सुरक्षा चुनौतीः काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं । काठमाडौंं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्र...

दसैँ–तिहारमा सुरक्षा चुनौतीः काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौं । काठमाडौंं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्र...

कुलेखानी–फाखेल–काठमाडौं सडक सुचारु

मकवानपुर ।  हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौंं सडक सुचारु भएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक पहिरो पन्छाएर सञ्चालनमा ल्य...

वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने ज...

जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा

काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरो...

पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने सडक अबरुद्व

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका२ कौरास्थित भीमफेदी–कुलेखानी‍–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले  आज बिहा...

अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।  बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने...

लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy