Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

खबरडबली संवाददाता

लमजुङ ।   ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरु गरिएको थियो। चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै आरजीएस विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उनले जानकारी दिए। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली) को बन्नेछ । दरबार बनाउन आवश्यक इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएको इन्जिनियर अधिकारीले जानकारी दिए । 

‘परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनर्निर्माणको काम भइरहको छ, पुरातात्त्विक महत्त्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ’, उनले भने, ‘मौलिक शैली र स्वरूपमा दरबार बन्छ।’ दोस्रो तलाको गारो र झ्यालढोका राख्ने काम भइसकेको उहाँले जानकारी दिए।

ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनर्निर्माणमा अगुवाइ गरेको हो । गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनर्निर्माण गरिसक्ने लक्ष्य लिए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त भएको बताए । 

‘अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आगामी वर्ष पनि दरबार पुनर्निर्माण पूरा हुने देखिन्न’, उनले भने, ‘पुरातत्त्व विभागले पुनर्निर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा  सम्पदा ओझेलमा परेको छ ।’ एतिहासिक धरोहरको रूपमा रहेको दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनले बताए । 

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँशहरमा अवस्थित दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा साँस्कृतिक सम्पदाका रूपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ। पुनर्निर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए। 

यस्तो छ लमजुङ दरबारको इतिहास

चौबिसे राज्यअन्तर्गत १५२४ मा कास्की राज्य स्थापना भएको थियो। कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा। राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको लेखमा उल्लेख छ। राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ लेखमा छ। 

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोब्रह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ। कास्कीकोटबाट आएका यशोबह्मले १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए। 

राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह १५९८ सालमा लमजुङ राज्यको राजा भए। नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह, विमर्दन शाह गरी  नौ पुस्ताले यो दरबारबाट शासन चलाएका थिए। 

१८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ। शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउँथे। प्राचीनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पर्थ्यो। 

पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले। पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको नायबी शासन रहँदा १८३९ सालमा लमजुङ नेपाल राज्यमा गाभिएको बताइन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ...

निरन्तरको झरीले अधिकांश विमानस्थल बन्द

ट्याक्सी वे भरिभराउ, बैंकक र दिल्लीबाट आएको जहाज पनि ‘होल्ड’

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, राजधानी छिर्ने सडक ठप्प|

काठमाडौं ।  नागढुंगा–नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार ...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११: ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक...

कैलालीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्...

विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा ...

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री

काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्...

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

    काठमाडौं। नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy