Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो ।

यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको  छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु  रोजगार/स्वरोजगार भएका छन् । 

महानगरको सानो प्रयासले एक आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार भएका छन् । यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो । आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेको छ । सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ ।

महानगरले व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सक्ने जनाएको छ । एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा सेलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेङ्गी नियन्त्रण नीति निर्माण गर्न मन्त्री पौडेलद्वारा शेरबहादुर नेतृत्वमा कार्यदल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा र...

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...

निर्धारीत समयको ५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं ।   अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy