Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

जसपा र जनमत पर्ख र हेरमा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन हतार नगर्ने भएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी छ । 

प्रधानमन्त्री ओलीले यही साउन ६ गते संसद्मा विशेष सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्रीको शपथ खाएकै दिन २२ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् । सरकारमा सहभागी दलहरु चार वटा छन् । प्रधानमन्त्री ओलीलाई सरकारमा सहभागी नहुने दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहने बुझिएको छ ।

संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेबीच सहमति भएकोले साना दलहरुले पनि वर्तमान सरकारसँग सहकार्य गर्ने भएका हुन् । जसपा, नेपाल र जनमत पार्टीले भने सरकारमा सहकार्य गर्न चाहेका थिए । तर, प्रधानमन्त्री ओलीले अशोक राई नेतृतत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबाहेक अरु दललाई सरकारमा सहभागी हुने च्याप्टर नै क्लोज गरिदिएका छन् ।

जसपा, नेपाल र जनमत सरकारमा सहभागी हुन नपाएको कारणले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनपनि सक्ने चर्चा चलेको छ । तर, प्रधानमन्त्री ओली भने विश्वासको मत लिने बेलासम्म दुई तिहाईभन्दा बढिको समर्थन जुटाउनेगरि आन्तरिक छलफलमा जुटेका हुन् । अहिले प्रधानमन्त्री ओलीसँग कांग्रेस ८८, एमाले ७८, जसपाको ७ र लोसपाको ४ गरी १७७ पुगेको छ ।

अहिले सरकरामा भएका दलहरुको संसद्को संख्या जोड्दा दुई तिहाईको लागि ७ जनाको कमी हुन्छ । प्रधामन्त्री ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे जसपा, नेपाल र जनमत पार्टीभित्र दुई मत रहेको बुझिएको छ । दुवै दलका नेतृत्वकर्ताहरु यतिवेला पर्ख र हेरको अवस्थामा छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेङ्गी नियन्त्रण नीति निर्माण गर्न मन्त्री पौडेलद्वारा शेरबहादुर नेतृत्वमा कार्यदल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा र...

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...

निर्धारीत समयको ५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं ।   अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy