सुनसरी । प्रदेश सरकारको लागतमा बाढी र कटान नियन्त्रणका लागि बनाएको तार जाली भत्काएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जाली भत्काएका आरोपमा पक्राउ पर्नेमा धरान १३ की भारती राई, राजकुमार राई र पारु राईलाई पक्राउ परेका हुन् ।
धरानका मेयर हर्क साम्पाङको निर्देशनमा ग्याबिन भत्काएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा धरान नगर प्रहरीका असईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । धरान १३ का वडा अध्यक्ष नेत्र काफ्लेले तार जाली भत्काएको भन्दै ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
उपभोक्ता समिति मार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ तार जाली लगाइएको थियो । पक्राउ परेकी स्थानीय भारती राईले खहरेको बीचमा लगाएको भन्दै नगर प्रमुख साम्पाङलाई मौखिक उजुरी गरेपछि प्रमुख साम्पाङले डोजर लगेर भत्काउन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।
नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो । केही दिनपछि साँझको बेला नगर प्रहरी पठाएर उक्त जाली भत्काइएको थियो ।
तार जाली भत्काउन नेतृत्व गर्ने नगर प्रहरीका असई सुरेश माग्रतीलाई भने आइतबार आफै कार्यालयमा हाजिर गराउने जनाएका छन् । उनलाई भने प्रहरीले हाजिर हुने शर्तमा छाडेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - १०:१४
रौतहटको चन्द्रपुर २ र ४ का अध्यक्षहरुको अमानवियताः एकल महिलामाथि ज्यादती
जेष्ठ १ गते, २०८२ - १०:११
काठमाडौं । प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकाहरुको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । सञ्चार मन्त्र...
जेष्ठ १ गते, २०८२ - १०:०८
रौतहट । ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले...
जेष्ठ १ गते, २०८२ - १०:०६
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो करिब तीन घण्ट...
जेष्ठ १ गते, २०८२ - ०९:५६
गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा...
जेष्ठ १ गते, २०८२ - ०९:५०
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्। साविक देवभूमि बालुवा गा...
प्रतिकृया लेख्नुहोस्: