काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएको छन् ।
बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थिरताका लागि सो आवश्यक भएको प्रष्ट पारे
महामन्त्री थापाले भने,, “हामी लड्छौँ भन्दै गर्दा कोही पनि हाम्रो दुष्मन छैन।न प्रचण्ड हाम्रो दुस्मन हो न केपी ओली।आज केपी ओलीसँगसगै सरकारमा छौँ। हामी इमानदारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ।किनकि, हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ।परिणाम दिन चाहन्छौँ ।”
उनले अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हप्तामा एक पटक प्रधानमन्त्री बनिदिनुस् भनेर प्रस्ताव आउने गरेको कुरा समेत खुलासा गरे ।
उनले भने, “प्रचण्डले भर्खर बोलेर जानुभयो कि, यो–यो कारणले गर्दा सरकार बदलियो।नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठुलो पार्टी हो।अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर।यो खबर पठाउने काम पहिले अर्कैले गर्थे ।”
उहाँले शान्ति प्रक्रिया, संविधान निर्माणका बेलामा जस्तो कांग्रेसले अवस्था सम्हाल्न खोजेको बताए।
उनले भने, “अहिले पनि उपद्रो गर्ने, चलखेल गर्ने, तलमाथि गर्ने हो भने सङ्ख्या सबैभन्दा बढी कांग्रेससँग छ।तर, कांग्रेसले हिजो प्रचण्डलाई प्रधानमन्त्री मान्यो।आज कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्री मानिरहेको छ।प्रधानमन्त्री बन्ने तागत नभएर होइन, प्रधानमन्त्री बन्न नआउने भएर होइन, यो बेलामा प्रधानमन्त्री बन्ने कुरा महत्त्वपूर्ण होइन, यो बेला स्थिर सरकार दिने महत्त्वपूर्ण कुरा हो।किनकि, हामी सम्हाल्न चाहन्छौँ।हिजो शान्ति प्रक्रियामा, संविधान निर्माणमा सम्हालेको जस्तै सम्हाल्न चाहन्छौँ।तन्नेरीहरू आत्तिएका छौँ, ती तन्नेरीहरूलाई ढाडस दिन चाहन्छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - १६:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ । आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन् । हिजो काठम...
मंसिर १४ गते, २०८१ - १६:१५
लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वव...
मंसिर १४ गते, २०८१ - १६:०७
लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित व...
मंसिर १४ गते, २०८१ - १५:५६
काठमाडौं । भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका व्यक्ति रहेको खुलेको छ। विश्वईको सद...
मंसिर १४ गते, २०८१ - १५:४९
काठमाडौं । दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । शुक्रबार अदालतले अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनु...
मंसिर १४ गते, २०८१ - १५:३७
नयाँदिल्ली। बलिउडमा सफल करियरको आनन्द लिएपछि कंगना रनौत अहिले राजनीतिमा पनि आफ्नो स्थान बनाउन थालेकी छिन् । अभिनेत्री भारतीय जनता पार्टी (बीजेपी) क...
मंसिर १४ गते, २०८१ - १५:२१
काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ स...
मंसिर १४ गते, २०८१ - १५:१६
सिन्धुली। रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको...
मंसिर १४ गते, २०८१ - १४:४०
सिरहा। सिरहाको नरहामा शिक्षकहरुको लापरवाहीले विद्यालयको गेट ढल्दाँ दुइजना बालक घाइते भएको छन् । घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ ...
मंसिर १४ गते, २०८१ - १४:३३
काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्...
प्रतिकृया लेख्नुहोस्: