Ntc summer Offer
Khabar Dabali ७ असार २०८२ शनिबार | 21st June, 2025 Sat
Investment bank

पृथ्वीनारायण शाहको इतिहास मेटाउन खोज्ने दृष्टता सैह्य हुन्नः नेता केसी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गरेका छन् ।

आज ३०३औँ पृथ्वीजयन्तीका अवसरमा पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जालमा लेख्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका हुन् ।

उनले विश्वका विभिन्न मुलुकका शासक तथा नेतावर्गले राष्ट्र निर्माण गर्नेहरुको सम्मान गरेको स्मरण गराउँदै राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहको इतिहास मेटाउने प्रयास भएको भन्दै कटाक्ष गरे ।

‘जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् स ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । तर क्रान्तिकारी माओले चीनको नाम फेर्ने सोचाइ लिएनन् । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने विगतका धृष्टता वा कमजोरी बाट आफूलाई जोगाउनु अनिवार्य छ,’ नेत केसीले भनेका छन् ।

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको इतिहास अकाट्य रुपमा रहेको बताए ।

नेता केसीले सामाजिक सञ्जालमा लेखेका छन्:

राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रति भावपूर्ण श्रद्धाञ्जलि १ पुस २७ को पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले पुस १६ को नेपाली काँग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवससँग भावनात्मक सामिप्यता राख्दछ । लिच्छबी कालदेखिकै आमचाहनालाई मूर्त रुप दिने ऐतिहासिक नायकको रुपमा पृथ्वीनारायण शाहको योगदानले राष्ट्रिय एकता र सदैव स्वाधीन नेपाली पहिचानको स्थापित गरेकोछ। नेपाल एकीकरण हुनुभन्दा अगाडि छरपस्ट छरिएका पहाडी राज्यहरू पाँच राज्य–समुहमा थिए— ९१० ‘तीन शहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, ९२० गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङ् अन्तर्गतका चौबीस राज्यको समूह, ९३० कर्णाली क्षेत्रस्थित हुम्ला–जुम्ला राज्य अन्तर्गत पर्ने बाइसे राज्य समूह, ९४० पूर्वमा कोशी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रुपमा रहेका एघारवटा राजौटा समुह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्नेगरेका छन्, र ९५० सुगौलीको सन्धीपछि गुमेका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ ९सिक्किम० र त्यस अन्तर्गतका राज्यसमुह ।

जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् स ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । तर क्रान्तिकारी माओले चीनको नाम फेर्ने सोचाइ लिएनन् । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने विगतका धृष्टता वा कमजोरी बाट आफूलाई जोगाउनु अनिवार्य छ ।

राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहले आफ्नो शासकीय जीवनका ३० वर्ष नेपाल एकीकरणका युद्ध, सम्झौता, अभियान र व्यवस्थापनमा बिताएको इतिहास अकाट्य रुपमा रहेको छ । सुविधा र उपकरण शून्य रहेको चारैतिर साम्राज्य र उपनिवेश बाद को जगजगी को त्यो युगमा राज्य एकीकरण गर्नु लरतरो काम थिएन । सुगौलीको सन्धी ९बि।सं। १८७३० नहुन्जेलसम्म पूरा ७१ वर्ष लामो वीरतापूर्ण अभियानबाट आजको नेपालको उदय भयो । एकीकरणबाट नेपाल राष्ट्रको नाम भयो भने ‘गोर्खाली’ साहस र बहादुरीको पर्यायवाची विशेषण विश्व प्रख्यात भयो।

राज्य–राष्ट्रनिर्माणको श्रीगणेश बि।सं। १८०१ मा मेरो गृहजिल्ला नुवाकोटबाटै भयो । नुवाकोटको सफलतापछि नेपालको राजधानी त्यहीँ भयो । विदेशनीति, प्रशासनिक नीति, उद्योग, खानी, खेती, लगायत अर्थनीति, सेना तथा युद्धनीति, छिमेकी राज्यहरूसँगको सम्बन्ध आदि तत्कालीन नेपालका यावत पक्षलाई दिब्यउपदेशले छोएको पृथ्वीनारायणको ‘दिब्यउपदेश’ नुवाकोटमै लिपिबद्ध भएको हो ।

यस ऐतिहासिक तथ्यको धरातलमा उभिएर राष्ट्रिय एकता, प्रजातन्त्र, शान्ति र समृद्धि हासिल गर्ने कार्यमा वर्तमान राज्य व्यवस्था ले एकता,मेलमिलाप, समानता र उर्जाको स्रोत स्थपित गर्न सकोस। यस ऐतिहासिक दिवसको उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा घर नजिकै मृत भेटिइन् सुत्केरी, १६ दिनको शिशु सकुशल

धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेल...

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुंगा । ओखलढुंगाको  मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि ए...

खल्ला गोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । ...

विराटनगरमा मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद...

सुदूरपश्चिमका ठाउँ–ठाउँमा बिहानैदेखि वर्षा

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रह...

अकाउन्ट लगइन गर्न पासवर्ड नै नचाहिने फिचर ल्याउँदै फेसबुक, कसरी गर्न सकिन्छ प्रयोग ?

काठमाडौँ । फेसबुकले अकाउन्ट लगइन गर्दा पासवर्ड नै नचाहिने फिचर ल्याउने भएको छ । बुधबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले ‘पास की’ फिचर ल्याउने घोषणा गर...

आजको संसद बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं।  प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत...

ग्वार्को ओभरपासको आज उदघाटन

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज उदघाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपास उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा याताया...

आजबाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भव...

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा  । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending