बनेपा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर काभ्रेले आफ्नो संगठन स्थापनाको ‘२४ औं सशस्त्र प्रहरी दिवस–२०८१’ को अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
गणले पुस १२ देखि माघ ४ गतेसम्म हरेक दिन फरक(फरक कार्यक्रमहरू आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत पाँचखाल नगरपालिका(९ स्थित पलान्चोक भगवती मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न गरियो । त्यस्तै आजाद माविमा कक्षा ९ र १० का ६० जना विद्यार्थीलाई महिला सशक्तिकरण तथा आत्मरक्षा सेल्फ डिफेन्ससम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
त्यस्तै एपीएफ कर्मचारीलाई आन्तरिकरूपमा तथा सर्वमंगला मावि एवं अन्य विभिन्न विद्यालयहरुमा विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कक्षा, ४ वटा डेमोस्ट्रेसन तथा २ वटा लागुऔषध दुर्व्यसनी न्यूनीकरणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको थियो ।
वार्षिकोत्सवकै अवसर पारेर पाँचखाल– ३ को ताम्रेश्वर महादेव मन्दिर तथा घाट परिसरमा स्थानीय, जनप्रतिनिधिसमेतको सहभागितामा सरसफाइ र खानेपानी कुवा तथा किरियापुत्री भवनको सरसफाइ गरिएको थियो ।
सामाजिक उत्तरदायित्व बहनको कार्यअन्तर्गत क्षेत्रपाल बुढामहाँकाल मन्दिर परिसरमा भक्तजन तथा स्थानीयको लागि चौतारो निर्माण गरिएको छ ।
त्यस्तै धुलिखेलस्थित धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजित रक्तदानमा ३२ जना एपीएफ कर्मचारीले रक्तदान गरेको गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईँले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३ गते, २०८२ - १३:३१
काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा जिल्लाका सरकारी तथा निजी संरचनामा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।...
मंसिर ३ गते, २०८२ - १३:०६
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्र...
मंसिर ३ गते, २०८२ - १३:०५
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइ...
मंसिर ३ गते, २०८२ - १३:००
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको बताएका छन्। जेनजी आन्दोलनपछिक...
मंसिर ३ गते, २०८२ - १२:५१
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भए...
मंसिर ३ गते, २०८२ - १२:४८
काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ। उनलाई सुरक्षण मुद्रण कोषमा करार सेवामा कम्प्युटर अधिकृतको रूपमा न...
मंसिर ३ गते, २०८२ - १२:४६
विराटनगर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न समूहमाथि ठूलाे कारबाही गर्दै विराटनगरस्थित एक व्यापारीको घर र गोदाममा छापा मारी लाखौँ मूल्य बराबरको अवैध...
मंसिर ३ गते, २०८२ - १२:४१
काठमाडौँ । मुग्लिन–पोखरा सडकखण्डमा मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुनेछ। मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले सार्...
मंसिर ३ गते, २०८२ - ११:५३
काठमाडौं । माइतीघर मण्डलामा आज बिहान चहलपहल सामान्य थियो। सहज गतिमा गुँडीहेका गाडी, हातमा कफी लिएर कफीको सुर्पो तानीरहेका युवाहरू, र छेउको पोलमा बेर...
मंसिर ३ गते, २०८२ - ११:२७
छात्रावास भोजनगृहमा पनि अव्यवस्थित भण्डारण




प्रतिकृया लेख्नुहोस्: