Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

पोखरामा आजदेखि दाइँ महोत्सव

खबरडबली संवाददाता

पोखरा ।  पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा सञ्चालन हुने सो परम्परागत दाइँ महोत्सवमा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गर्ने उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्त्वपूर्ण महोत्सवको प्रत्यक्ष अनुभूति गराइने छ ।

“पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुनेछ”, उनले भने ।

पोखरा पर्यटन परिषद्ले असारमा खेतीयोग्य जमिनको संरक्षण, परम्परागत खेती प्रणाली, असारे भाका तथा दही च्युरा खाने परम्परालाई जीवन्त राख्दै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । पोखरा महानगरपालिकाभित्रका खेतीयोग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको अवस्थामा यसको जगेर्ना गर्न प्रथम दाइँ महोत्सव सफल हुने परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।

पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन र पोखरा बाह्य तथा आन्तरिक पर्यटकका लागि उत्कृष्ट, सबै मौसममा भ्रमण योग्य एवं सहजै पुग्न सकिने गन्तव्यका रूपमा रहेको जानकारी गराउन तथा किसानलाई प्रोत्साहन गर्ने र आफ्नो पेसाप्रति अभिप्रेरित गराउने महोत्सवको उद्देश्य रहेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमा...

संसद बैठकमा सांसद कंशाकारको गर्जनः ‘शानदार मःमका कामदार जल्दा एम्बुलेन्स पाएनन्, मन्त्री र मेयरलाई हेलिकप्टर ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै...

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्...

‘जनतासँग माओवादी’ अभियान

केन्द्रले समय तालिका बेलैमा नपठाउँदा अलमलमा प्रदेश समितिहरु

घरको रेलिङबाट खसेर चन्द्रागिरिमा एक जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ ।चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सै...

झापा प्रहरीको ब्यारेकमा एकजना सई मृत फेला

झापा । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेक...

झापामा ६१६ नयाँ क्षयरोगी

झापा ।  झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग ...

अर्थमन्त्री पौडेल र पोखरामा मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पौडेल वर्न अस्पतालमा

कीर्तिपुर। राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी ल...

सुनको मूल्यमा भारी गिरावट, एकै दिन घट्यो २७ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy