काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबिच कडा प्रतिस्पर्धा देखिएको छ । सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत नेतृत्व छनोटका लागि शनिवार भएको निर्वाचनमा सापकोटा र राईबिच चर्को प्रतिस्पर्धा देखिएको हो ।
पछिल्लो मत परिणाम अनुसार ७ प्रदेशको मतपरिणाम सार्वजनिक हुँदा सापकोटाले जम्मा ४८१ मत पाएका छन् । सापकोटालाई टक्कर दिँदै अर्का अध्यक्षका उम्मेदवार राईले ४६१ मतका साथ पछ्याइरहेका छन् । सापकोटा र राईबिचको मतान्तर जम्मा २० रहेको छ । तेस्रोमा उपदेश यादवले २२१ मत पाएका छन् भने सुदिन पौडेल १४४ मत पाएर चौथो स्थानमा छन् । यो रिपोर्ट तयार पार्दासम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
यसैगरी सबैभन्दा बढी मतदाता रहेको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशमा विवादका कारण मतगणना सुरु भएको छैन । आचारसंहिता र मतपत्रमा टिक लगाएको मसीको रङका कारण विवाद हुँदा मत गणना कार्य ढिलाइ भएको जानकारी प्राप्त भएको छ ।
मधेस प्रदेशमा मतगणना सम्पन्न भए पनि विवादका कारण स्थगित भएको छ । त्यहाँ खसेको मतभन्दा चार मत कम भएको, सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएको आरोप लगाउँदै सापकोटा र राई पक्षधरले फेरि निर्वाचन हुनुपर्ने माग राखेका कारण मतगणना गर्ने काम बन्द गरेको बुझिएको छ ।
कुुन प्रदेशमा कसकाे मत कति?
पछिल्लो प्राप्त मतपरिणाम अनुसार सापकोटाले कोशीमा ५७, मधेसमा ४०, बागमतीमा ८७, गण्डकीमा ६०, लुम्बिनीमा ८५, कर्णालीमा ८०, सुदूरपश्चिममा ७२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । सापकोटालाई पछ्याएका राईले कोशीमा १२६, मधेसमा ४१, बागमती ४८, गण्डकी ३९, लुम्बिनी ६६, कर्णाली ८२, सुदूरपश्चिम ५९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका यादवले कोशीमा ५१, मधेसमा ६७, बागमतीमा ५१, गण्डकीमा १५, लुम्बिनीमा १०, कर्णालीमा ५, सुदूरपश्चिममा २२ मत पाएका छन् । तर बलियो प्रतिस्पर्धी ठानिएका अध्यक्षका अर्का उम्मेदवार सुदिन पौडेलले कोशीमा १९, मधेसमा १, बागमतीमा १७, गण्डकीमा ६१, लुम्बिनीमा २२, कर्णालीमा ८, सुदूरपश्चिममा १६ मत पाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८१ - २०:२०
फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति के भइरहेको छ ?
फाल्गुन ६ गते, २०८१ - १६:०५
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अराजक गतिविधि गरिरहेको आरोप लगाएक...
फाल्गुन ६ गते, २०८१ - १५:२१
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुम...
फाल्गुन ६ गते, २०८१ - १५:१४
काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...
फाल्गुन ६ गते, २०८१ - १५:१४
काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष ७६ जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यास...
फाल्गुन ६ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताएका छन् । प्रतिनिधि सभाको मंगलब...
फाल्गुन ६ गते, २०८१ - १४:४६
काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले प्रतिनिधिसभा बैठक पनि तातेको छ ...
फाल्गुन ६ गते, २०८१ - १४:४५
काठमाडौं । भारतको ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले राष्ट्...
फाल्गुन ६ गते, २०८१ - १४:३७
काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरे...
फाल्गुन ६ गते, २०८१ - १४:२७
काठमाडौ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीद्वारा हत्या गरिएकी मैना सुनुवारकी आमा देवीले न्याय माग्दै संयुक्त राष्ट्रसंघलाई पत्र लेखेकी छन् । राष्ट्...
प्रतिकृया लेख्नुहोस्: