Khabar Dabali २७ कार्तिक २०८२ बुधबार | 12th November, 2025 Wed
Investment bank

जानी राखौं विश्वका १० गरिब देश कुन–कुन हुन ?

खबरडबली संवाददाता

काठमाडौं । फोर्ब्सले हालै विश्वका शीर्ष १० गरिब देशहरूको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार आठ देशहरू अफ्रिकाका हुन्, प्रति पूँजी जीडीपीको आधारमा देशहरूको सूची निकालिएको हो ।

यो सूचीमा भारतसँग मैत्रीपूर्ण सम्बन्ध भएको टापु राष्ट्र माडागास्कर १० औँ स्थानमा छ । भारत प्रतिद्वन्द्वी देशहरू, पाकिस्तान र बंगलादेश, गिर्दो अर्थतन्त्र र वित्तीय समस्या भए पनि यो सूचीमा छैनन् । इन्डिया डटकमका अनुसार यो सन् २०२४ को तथ्याङ्कमा आधारित छ ।

यी हुन् ती देशहरू

दक्षिण सुडान: फोर्ब्सका अनुसार, विश्वको सबैभन्दा कान्छो देश, प्रति व्यक्ति जीडीपीको हिसाबले सबैभन्दा गरिब देशको सूचीमा पहिलो नम्बरमा छ । २०११ मा एक सार्वभौम राष्ट्र बनेको सानो पूर्वी अफ्रिकी देशको जनसंख्या १ करोड ११ लाख रहेको छ । यहाँको कुल जीडीपी २९।९९ अर्ब डलर छ।

बुरुन्डी:  बुरुन्डी पूर्वी अफ्रिकामा रहेको सानो भूपरिवेष्टित देश हो । बुरुन्डी विश्वको दोस्रो सबैभन्दा गरिब देशको रूपमा सूचीकृत छ । यहाँ १,३४,५९,२३६ जनसंख्याको कुल गार्हस्थ्य उत्पादन २।१५ अर्ब डलर छ। विज्ञहरूले बुरुन्डीको तीव्र जनसंख्या वृद्धि, साथै यसको ठूलो कृषि जनसंख्यालाई यसको आर्थिक समस्याको प्रमुख कारणको रूपमा जिम्मेवार ठहराएका छन्।

मध्य अफ्रिकी गणराज्य: ४३.०३ अर्ब डलरको कुल जीडीपी भएको मध्य अफ्रिकी गणराज्यको जनसंख्या ५,८४९,३५८ रहेको छ । यो विश्वको तेस्रो सबैभन्दा गरिब देश हो। यहाँ सुन, तेल, युरेनियम र हीराको भण्डार नै भए पनि, राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्वका ८० प्रतिशत नागरिक गरिबीको रेखामुनि बस्छन्।

मलावी:  मलावी मनमोहक परिदृश्यका लागि परिचित छ । दक्षिणपूर्वी अफ्रिकामा अवस्थित मलावी २,१३,९०,४६५ जनसंख्या छ । यहाँको कुल जीडीपी १०।७८ अर्ब डलर छ । मलावी कृषिमा धेरै निर्भर छ । कृषि पनि वर्षामा निर्भर हुन्छ तर जलवायु परिवर्तन जस्ता कारणले उत्पादन कमी हुँदा जनताहरू मारमा छन् ।

मोजाम्बिक:  पूर्वी अफ्रिकामा रहेको कम जनसंख्या भएको मोजाम्बिक विश्वको सबैभन्दा गरिब देशहरूको सूचीमा पाँचौँ स्थानमा छ। प्राकृतिक स्रोतसाधनमा धनी भए पनि, प्राकृतिक प्रकोप, रोग, तीव्र जनसंख्या विस्फोट, कम कृषि उत्पादकत्व र सम्पत्ति असमानताले ग्रस्त छ । वर्षौंदेखिको आतंकवाद र गिरोह हिंसाले यो देश तहसनहस भएको छ। पूर्व पोर्चुगिज उपनिवेश मोजाम्बिकको २४।५५ अर्ब डलरको सम्पत्ति छ । यहाँको जनसंख्या ३४,४९७,७३६ रहेको छ।

सोमालिया:  अफ्रिकाको सबैभन्दा बढी हिंसाग्रस्त देशहरू मध्ये एक हो, सोमालिया । समुद्री डाँकाहरूका लागि सोमालिया कुख्यात छ । यहाँको जनसंख्या १९,००९,१५१ जनसंख्या रहेको छ । १३।८९ अर्ब डलरको जीडीपी सोमालियाको छ । विनाशकारी गृहयुद्धले तहसनहस भएकाले यहाँको राज्य र अर्थतन्त्र ध्वस्त भएको छ

प्रजातान्त्रिक गणतन्त्र कंगो: उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो देश, प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वको सातौं गरिब देश हो । यहाँको कुल जीडीपी ७९।२४ अर्ब डलर छ । १०४,३५४,६१५ जनसंख्या भएको कंगो कोबाल्ट र तामा जस्ता प्राकृतिक स्रोतसाधनमा धनी छ । तर पनि गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । लगभग ६२ प्रतिशत कंगोलीहरू प्रति दिन १८० रुपैयाँभन्दा कममा बाँचिरहेका छन् । यहाँका जनतालाई नेपाली शान्ति सेनाले सुरक्षा दिइरहेका छन् ।

लाइबेरिया: ५,४९२,४८६ जनसंख्या भएको यो पश्चिम अफ्रिकी राष्ट्र विश्वको आठौं गरिब देश हो । यसको कुल जीडीपी ५।०५ अर्ब डलर छ। विज्ञहरूका अनुसार लाइबेरियाको दीर्घकालीन गरिबी विनाशकारी गृहयुद्ध र इबोला जस्ता प्रकोपहरू मुख्य कारण हुन् ।

यमन: इरानको नजिकको सहयोगी यमन विश्वको नवौं सबैभन्दा गरिब देश हो । यहाँको जीडीपी १६।२२ अर्ब डलर छ । लगभग ३४।४ मिलियन जनसंख्या रहेको यमनमा वर्षौंदेखिको गृहयुद्ध र राजनीतिक अस्थिरता छ, जसले यसको अर्थतन्त्रलाई ध्वस्त पारेको छ।

यमन द्वन्द्वले लाखौंलाई आन्तरिक रूपमा विस्थापित गरेको छ । पूर्वाधारमा क्षति पुर्‍याएको छ र कृषि उत्पादनमा बाधा पुर्‍याएको छ । खाना, पानी र औषधि जस्ता आवश्यक वस्तुहरूको अभाव भएको छ । लाखौंले बाँच्नको लागि संयुक्त राष्ट्र संघ जस्ता एजेन्सीहरूबाट प्राप्त मानवीय सहायतामा भर पर्नु परेको छ।

माडागास्कर: रणनीतिक हिन्द महासागर क्षेत्रमा भारतको नजिकको सहयोगी टापु राष्ट्र माडागास्कर विश्वको १० औँ सबैभन्दा गरिब देश हो । ३०।३ मिलियन जनसंख्या रहेको माडागास्करको कुल जीडीपी १८।१ बिलियन डलर छ। १९६० मा सार्वभौम बनेको पूर्व फ्रान्सेली उपनिवेश माडागास्करको अर्थतन्त्र प्रायः पर्यटन र खानीमा निर्भर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हाडनाता करणीका आरोपी कालीबाबा पक्राउ, बाँकी १४ वर्ष कैद बस्ने

काठमाडौं । हाडनाता करणीमा २५ वर्षको जेल सजाय पाएका भरत लामिछाने, जसलाई कालीबाबा भनेर चिनिन्छ, पक्राउ परेका छन्। उनी जेनजी आन्दोलनको क्रममा नख्खु काराग...

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै जनमत पार्टीले वीरगन्जमा भर्चस्वपूर्ण प्रदर्शन गरेको छ। पार...

बागमती प्रदेशमा विद्यालय घट्दा पनि विद्यार्थी संख्या बढ्दो

काठमाडौँ । बागमती प्रदेशमा विद्यालयको संख्या घट्दा पनि विद्यार्थी संख्या बढिरहेको छ। प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार शैक्षिक सत्र २०८० मा ६,८...

बलात्कारकाे आराेपमा दुईजना पक्राउ

काठमाडौँ । बाँके र नवलपरासीमा बलात्कारकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १३ वर्षीया बालिका बलात्कारकाे आराेपमा बाँकेको बैजनाथ गाउँपालिका–२, पहाडीपु...

कर्णालीमा रैथाने बाली संरक्षण र खाद्यान्न आत्मनिर्भरता अभियान

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो उत्पादन र सांस्कृतिक पहिचान झल्काउने रैथाने बालीहरू संरक्षण गर्ने काम तीव्र पारेको छ। चिनो, कागुनो, उवा, लट्टे,...

‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ काठमाडौंमा सार्वजनिक

काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेडले बहुप्रतीक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ। हाल यो नयाँ प्रिमियम ह्विस्की काठमाडौंका प्रम...

प्रतिनिधिसभा पुनर्स्थापनाका हस्ताक्षरलाई कांग्रेसभित्र विवाद

काठमाडौँ । नेपाली कांग्रेसमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संकलित हस्ताक्षरलाई लिएर विवाद चर्किएको छ। निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्व...

पोखरामा शालिक फुटाउने र आगजनी अपिल गर्ने व्यक्ति पक्राउ

पोखरा । जेन–जी आन्दोलनको बेला पोखरामा सामाजिक अस्थिरता फैलाउने कार्यमा संलग्न रास्वपा कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरी प्...

मधेशमा राजनीतिक उथलपुथल : मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट

काठमाडौँ । मधेश प्रदेशमा सोमबार राति नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहणपछि राजनीतिक तनाव बढेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धा...

रातारातको नियुक्ति र तत्काल पदमुक्ति : मधेश राजनीतिमा नयाँ मोड

काठमाडौँ । मधेश प्रदेशमा राजनीतिक उथलपुथल जारी छ। सोमबार राति अचानक होटलमा मुख्यमन्त्री नियुक्त भएर शपथ ग्रहण गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending