Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

१९.५६ अंक बढेको सेयर बजारमा साढे ९ अर्बको कारोबार

खबरडबली संवाददाता

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार  बजार १९.५६ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो ।

१७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स सेक्टरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ ।

बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत बढे । निर्जीवन बीमा १.२८ प्रतिशत घट्यो ।

६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कल...

तीनकुनेको आगजनीमा परी एभिन्युजका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भए...

तीनकुनेमा गोली लागेर एक प्रदर्शनकारी घाइते

काठमाडौं ।  काठमाडौँको तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइते भएका व्यक्तिलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्...

आगजनी,तोडफोड र हतियार खोस्ने घटनामा पूर्व राजालाई जिम्मेवार

काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाह...

प्रहरी प्रभागमा कोटेश्वरमा आगजनी प्रयास

काठमाडौं । राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी  प्रयास भएको छ । दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश...

विगतमा कमजोरी गर्दा राजतन्त्रले टाउको उठाउन खोज्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताएका ...

राजाबादीले खोसे सुरक्षाकर्मीको बन्दुक !

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास गन खोजेका छन्। राजावादीको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्यास ...

माओवादीको कार्यालय नजिक सरकारी गाडीमा आगजनी

काठमाडौं । काठमाडौंको पेरिसडाँडा (माओवादीको कार्यालय) नजिक सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हु...

राजावादीले लगाएको तीनकुनेको आगो नियन्त्रणमा

 काठमाडौं। काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।...

महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्य मन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy