Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

हुम्लाको श्रीनगरमा खानेपानीको हाहाकार

खबरडबली संवाददाता

हुम्ला। अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो ।

श्रीनगरका स्थायी बासिन्दा ७४ वर्षीया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताए। उनले सार्वजनिक धारामा आधामा १ घण्टा मात्र पानी आउने भएका कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाइनमा राख्नुपरिरहेको बताए। यहाँ हरेक वर्षको चैतबाट खानेपानिको समस्या हुने र साउनदेखि मात्रै सबै तिर मुहान फुट्दा पानी सहज हुने गरेको बताएको छन् ।

खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको काम लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउनुहुँदै उनले जति समय लागे पनि लाइनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको गुनासो गरे । पानी भर्नकै लागि उपभोक्ताहरुले राति १–२ बजे उठेर लाइनमा बस्नुपर्ने बाध्यता छ । यतिबेला पानीको स्रोत कम भएकै कारण स्थानीयले खानेपानीका लागि दु:ख भोग्नु पर्ने अवस्था छ ।

मानिसका लागि मात्र नभएर श्रीनगरका पशुवस्तुलाई समेत सोही धाराबाट पानी खुवाउने गर्छन् । अर्का स्थानीय हेलु भण्डारीले पानीको समस्याका कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताए। दस जना परिवार भएको उहाँको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहनु भएको छ ।

आफुले पानीका लागि मुहानम भएको सबै स्रोतबाट पानी ल्याउने प्रयास भए पनि  धारासम्म पुर्‍याउन नसकिएको बताएको छन् ।

धारामा पानी नआएपछि बजारवासीले कर्णाली करिडोरको गल्फागाड खोला, वडा नम्बर ४ को अधेरीखोलाबाट समेत पानी ओसार्ने गर्छन् । १५ सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी चौकी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धारा छन् । त्यसैबाट सबैपानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा छ । यतिबेला खोलाको पानी समेत निकै धमिलो भएका कारण सो पानी खादा गाउँमा सङ्क्रमण रोगहरु पmैलिने चिन्ता स्थानीयमा छ ।

अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने नीति लिएको पनि झण्डै दुई वर्ष वितिसकेको भए पनि पूर्णता पाएको छैन । हाल श्रीनगरका लागि ल्याइएको खानेपानी वडा नम्बर ५ को स्रोत हो । जसले गर्दा दुई वडाका बिचमा समेत बेला बेला विवाद हुने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा सार्वजनिक यातायात बढाउन सिफारिस, कम्तीमा २५.९६ प्रतिशत वृद्धि हुने

काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...

सुनसरीमा हुन्डी आशङ्कामा दुई जना पक्राउ, ६ लाखभन्दा बढी नगद बरामद

इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...

श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन: सांद राई

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...

अंश विवादमा सिर्जनाको हत्या : दुई आरोपित सार्वजनिक

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा कोही पनि नेपाली नागरिक अलपत्र छैनन्

काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...

यातायात कार्यालयका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही, भने- रास्वपा र पुराना दलहरू एउटै कित्तामा उभिए

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...

उपसभामुखमा रूबी ठाकुरलाई कांग्रेसको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...

राष्ट्रपतिको सम्बोधनप्रति प्रतिनिधि सभाद्वारा धन्यवाद प्रस्ताव पारित

काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...

राप्रपालाई धोका दिएको छैन, सहकार्य गर्ने धेरै ठाउँ आउँछन् : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending