Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नेपाल ट्रस्टको लिज सम्झौतामा हिनामिना : पूर्व सहसचिव कार्की पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज सम्झौता प्रकरणमा हिनामिनासम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनको भरतपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ पर्ने बेलामा कार्की अवकाश प्राप्त भइसकेका थिए।

कार्की नेपाल ट्रस्टको कार्यालय, दरबारमार्गमा सहसचिवको हैसियतमा कार्यरत रहँदा थामसेर्कु ट्रेकिङ प्रालीसँग गरिएको लिज सम्झौतामा अनियमितता भएको आरोप लागेको छ।

अनुसन्धान अनुसार, सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ बाहेक थप रूपमा कित्ता नम्बर ४६०५ समेत विना आधार लिजमा दिइएको पाइएको छ। यस्तो सम्झौता नेपाल ट्रस्टको सञ्चालक समितिको औपचारिक निर्णयबिना र वदनियतपूर्वक गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीको भनाइ छ।

उक्त जग्गा बीओटी (निर्माण, सञ्चालन र हस्तान्तरण) मोडेलमा ३ वर्ष निर्माण अवधिसहित ३० वर्षका लागि लिजमा दिइएको थियो। यस कार्यबाट नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन आर्थिक हानि पुगेको र नेपाल राष्ट्रलाई समेत ठूलो नोक्सानी पुर्‍याएको आरोप छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार, कार्कीमाथि ठगी र आपराधिक विश्वासघातको अभियोगमा थप अनुसन्धान जारी छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले विकासमा जोड दिनुपर्छ: मन्त्री पुन

ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने

काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...

हाहुकै भरमा सरकार बन्दैन, चुनावपछि फेरि एमालेकै सरकार बन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...

दाङमा गोली चल्यो, सुन पसल सञ्चालक घाइते

बुटवल ।  दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...

फिफा विश्वकप ड्र सार्वजनिक

काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...

एनपीएलमा आजको दोस्रो खेल: चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँ : मन्त्री घिसिङ

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगर क्वालिफायरमा प्रवेश

काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending