काठमाडौं । राजधानीका बस्तीहरूमा अहिले नयाँ ‘फेसन’ सुरु भएको छ घरको भित्तामा लालपुर्जा टाँस्ने । थापाथली, अनामनगर, बल्खु, शंखमुलदेखि बालाजुसम्म जहाँ डोजर पुग्ने चर्चा हुन्छ, त्यहाँ घरधनीहरू कागज टाँसेर घर जोगाउने प्रयासमा छन्। तर, सरकारको डोजर भने कागज हेरेर होइन, जमिन नापेर अघि बढिरहेको छ।
शनिबार विष्णुमति किनारमा लालपुर्जा टाँसिएका आठ घर भत्किए । आइतबार अनामनगरको आठतले भवन पनि त्यसबाट बच्न सकेन। भित्तामा लालपुर्जा, नक्सा पास, अदालतको आदेश, कर तिरेको रसिद—सबै सजाएर टाँसिएको थियो। तर अन्त्यमा ती सबै कागज डोजरको अगाडि निरीह बने।
मैदानमा खटिएका अधिकारीहरूको तर्क सीधा छ । “लालपुर्जा छ भन्दैमा मिचिएको जमिन वैध हुँदैन।” यहाँनेर राजनीतिक प्रश्न पनि उठ्छ । वर्षौँसम्म राज्यले कर उठायो, नक्सा पास गर्यो, सेवा दियो। अहिले अचानक त्यही संरचना ‘अवैध’ कसरी भयो?
यसको उत्तर खोज्दै जाँदा पुगिन्छ ‘रावल आयोग’ सम्म । तीन दशकअघि बनेको प्रतिवेदन, जसले काठमाडौंमा सयौँ रोपनी सार्वजनिक जग्गा निजी बनाइएको निष्कर्ष निकालेको थियो । त्यतिबेला दबाइएको फाइल अहिले डोजरको इन्धन बनेको छ।
वास्तविकता अझ रोचक छ । कतै तीन तलाको नक्सा पास गरेर छ तलाको घर ठडिएको छ । कतै तीन आना जग्गामा सात आना बराबरको भवन फैलिएको छ।
कागजमा सानो, जमिनमा विशाल यही हो ‘काठमाडौं मोडल’ विकास।
सामाखुशीमा त झन् अर्को दृश्य देखियो । खोलामाथि बनेको घरमा गर्वका साथ लालपुर्जा टाँसिएको छ । मानौँ सन्देश यस्तो छ । “कागज छ, त्यसैले खोला पनि हाम्रो!”
सरकारको जवाफ पनि उस्तै कडा छ । “मापदण्ड मिचिएको छ भने लालपुर्जाले पनि जोगाउँदैन।” तर प्रश्न फेरि उही आउँछ । यो अवस्था बन्न कसले दियो ? नापी, मालपोत, स्थानीय निकाय—सबैको आँखा चिम्लिएको थियो कि सहमति मौन थियो?
अहिले डोजर चलेपछि मात्रै ‘कानुन’ सक्रिय देखिनु, धेरैका लागि न्यायभन्दा पनि ढिलो जागेको शासन जस्तो देखिन्छ। अन्ततः, यो केवल संरचना भत्काउने कथा होइन । यो राज्यको विगतको लापरबाही र वर्तमानको कडाइबीचको टक्कर हो। र अब काठमाडौंमा घर जोगाउन भित्तामा टाँसिएको कागज होइन, जमिनको सत्यता चाहिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १९:४६
काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...
जेष्ठ ५ गते, २०८३ - १९:३४
काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...
जेष्ठ ५ गते, २०८३ - १९:३०
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...
जेष्ठ ५ गते, २०८३ - १९:२८
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपर...
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...



प्रतिकृया लेख्नुहोस्: