पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ।
आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पहिलो पटक पोखरामा सम्पन्न प्रतियोगिताको फाइनल खेल निर्धारित समयभित्र गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।
खेलको २७ औँ मिनेटमै आर्मी १० खेलाडीमा सीमित भएपछि खेलको गति बदलिएको थियो। पुलिसले लगातार आक्रामक दबाब बनाए पनि आर्मीको रक्षात्मक रणनीति र गोलकिपर कोपिला खड्काको उत्कृष्ट प्रदर्शनले खेललाई लामो समयसम्म बराबरीमै राख्यो।
पुलिसकी रेखा पौडेलले केही सुनौलो अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो र अन्ततः टाइब्रेकरमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा पुलिसले ५–४ को नतिजा निकाल्दै उपाधि आफ्नो पक्षमा पार्यो।
विजेता बनेको नेपाल पुलिस क्लबले उपाधिसँगै ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
व्यक्तिगत अवार्डतर्फ पुलिसकी समीक्षा घिमिरे ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। निर्मला विक सर्वोत्कृष्ट खेलाडी बन्दै ३० हजार रुपैयाँ जितिन्। उत्कृष्ट गोलरक्षकको अवार्ड उषा नाथले पाइन् भने रेखा पौडेल ५ गोलसहित सर्वाधिक गोलकर्ता बनिन्।
प्रतियोगिता समग्र रूपमा प्रतिस्पर्धात्मक र उच्चस्तरीय खेलका कारण दर्शकका लागि रोमाञ्चक बनेको आयोजकले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १९:४६
काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...
जेष्ठ ५ गते, २०८३ - १९:३४
काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...
जेष्ठ ५ गते, २०८३ - १९:३०
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...
जेष्ठ ५ गते, २०८३ - १९:२८
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको टिपर...
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...



प्रतिकृया लेख्नुहोस्: