Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

सप्तरीमा ११ फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

राजविराज। सप्तरीमा विभिन्न आपराधिक मुद्दाका ११ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ज्यान मार्ने उद्योग, लागुऔषध, लुटपाट, सवारी ज्यान तथा अभद्र व्यवहारसम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार लुटपाट मुद्दामा खडक नगरपालिका–५ का राजोदेवी कुमारी मण्डल, कारीदेवी मण्डल, रामदुलार मण्डल, रिताकुमारी मण्डल, दिपेशकुमार मण्डल, सेवरीदेवी मण्डल र रञ्जनाकुमारी मण्डल पक्राउ परेका छन्। उनीहरूलाई जनही १९६ रुपियाँ जरिबाना तोकिएको थियो।

त्यस्तै, लागुऔषध मुद्दामा दुई दिन कैद सजाय तोकिएका राजविराज–७ का धीरेन्द्रकुमार साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई कैद तथा जरिबाना भुक्तानका लागि सोमबार नै सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

यसैगरी, सवारी अङ्गभङ्ग मुद्दामा तिरहुत गाउँपालिका–५ का २० वर्षीय शिवशङ्कर यादव, ज्यान मार्ने उद्योग मुद्दामा सुरुङ्गा नगरपालिका–९ का ४० वर्षीय काशिन्द्र साह तथा अभद्र व्यवहार मुद्दामा चितवन राप्ती नगरपालिका–९ का ३० वर्षीय रामबहादुर विश्वकर्मालाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पुरीले बताए। उनका अनुसार पक्राउ परेका प्रतिवादीविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending