Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

घरमै बसेर जग्गाको नक्सा: ‘मेरो कित्ता’ बाट सेवाग्राही लाभान्वित

खबरडबली संवाददाता

तनहुँ। देवघाट गाउँपालिका–५ का हिक्मत थापालाई जग्गाको नक्सा ९ब्लु प्रिन्ट० निकाल्न यसअघि सदरमुकाम दमौली आउनुको विकल्प थिएन। घरबाट दमौली पुगेर फर्कँदा करिब पाँच सय किलोमिटरको यात्रा, एक हजार रुपियाँ गाडी भाडा र कम्तीमा सात घण्टाको समय खर्च हुन्थ्यो। तर, अहिले उहाँले ५० रुपियाँमै गाउँको साइबरबाट नक्सा प्रिन्ट गरेर काम फत्ते गरे।

“नक्साकै लागि दिनभरिको समय र हजारौँ रुपियाँ खर्च गरेर सदरमुकाम धाउनुपर्ने झन्झट सधैँका लागि अन्त्य भएछ,” थापाले भने, “अनलाइन प्रविधिले खर्च र समय दुवै जोगाइदियो।” डिजिटल प्रविधिको प्रयोगसँगै नापी कार्यालय तनहुँको सेवा प्रवाह आधुनिक र सहज बन्दै गएको छ। ‘मेरो कित्ता’ अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि थापाजस्तै जिल्लाभरका सेवाग्राहीलाई जग्गाको नक्सा प्राप्त गर्न कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ। विशेष गरी वैदेशिक अध्ययन, व्यापार–व्यवसाय वा कर्जा प्रयोजनका लागि धितो राख्न आवश्यक पर्ने नक्सा अब घरैबाट निकाल्न सकिन्छ।

नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहका अनुसार यो प्रणालीमार्फत सेवाग्राहीले आफ्नै घर वा नजिकैको कम्प्युटरबाट जग्गाको नक्सा प्रिन्ट गर्न सक्छन्। सिंह भन्न्छन्, “आफ्नो कित्ताको नक्सा निकाल्न अनलाइनमार्फत एक सय रुपियाँ भुक्तानी गरेपछि आफैँले प्रिन्ट लिन सकिन्छ। पीडीएफ फाइलमा प्राप्त हुने भएकाले नक्साको मापन वा प्राविधिक पक्षमा कुनै फेरबदल हुँदैन।” एक पटक भुक्तानी गरेपछि एक हप्तासम्म सोही डिजिटल फाइलबाट प्रिन्ट निकाल्न सकिने सुविधा यसमा रहेको उहाँले बताउनुभयो।

भौगोलिक विकटता रहेको तनहुँका दुर्गम गाउँबाट नक्सा लिनकै लागि सदरमुकाम दमौली आउँदा सेवाग्राहीको समय र पैसा दुवै बर्बाद हुने गरेकोमा यो प्रविधिले ठूलो राहत दिएको छ। जिल्लाका बैङ्किङ क्षेत्रले समेत अनलाइनबाटै निकालिएको नक्सालाई मान्यता दिई धितो लगायतका प्रक्रिया अगाडि बढाउन थालेपछि यसको लोकप्रियता बढेको हो। स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीले समेत यो प्रविधिमार्फत आफ्नै जग्गाको नक्सा सहजै निकाल्न सक्नेछन्।

कार्यालयका प्रशासन शाखा प्रमुख लोकनाथ तिवारीका अनुसार यो सेवा लिनेको सङ्ख्या क्रमश: बढ्दो छ। चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको अवधिमा ३५१ जनाले अनलाइनबाटै नक्साको सुविधा लिएका छन् भने गत आर्थिक वर्ष २०८१/०८२ मा ४०५ जनाले यो सेवा प्रयोग गरेका थिए। प्रविधिको विस्तारसँगै आगामी दिनमा यो सेवा अझै प्रभावकारी बन्ने कार्यालयले जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending