Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

मधेशको सत्ता गठबन्धनमा हलचल : जनमतको समर्थन फिर्ताले सरकार संकटमा

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ हलचल देखिएको छ। जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको भविष्य अन्योलमा परेको छ।

जनमतको निर्णयसँगै सरकारमा आन्तरिक तनाव सतहमा आएको छ। पार्टीले अर्थमन्त्रीसमेत रहेका महेशप्रसाद यादवलाई पदबाट हटाएको छ भने सिके राउत लाई संसदीय दलको नेता चयन गरिएको छ।

जनमतले सरकारबाट समर्थन फिर्ता लिनुको कारण सरकारको कामकारबाही जनहितअनुसार नदेखिएको बताएको छ। पछिल्ला चार महिनादेखि सरकारमा सहभागी हुँदा अपेक्षित उपलब्धि हासिल नभएको निष्कर्ष पार्टीको छ।

यद्यपि यो घटनाक्रम केवल जनमतभित्रको विवादमा सीमित छैन। यसले मधेश सरकारभित्र लामो समयदेखि चल्दै आएको असन्तुष्टि र खटपटलाई समेत उजागर गरेको छ। योजना कार्यान्वयन, उपभोक्ता समिति गठन र मन्त्रालय सञ्चालनका विषयमा गठबन्धनभित्रै असमझदारी देखिँदै आएको थियो।

अब सरकारको स्थायित्व मुख्य रूपमा जनता समाजवादी पार्टी नेपाल को भूमिकामा निर्भर देखिएको छ। जसपा नेपालले पनि समर्थन फिर्ता लिने संकेत दिएपछि सत्ता समीकरण थप जटिल बनेको छ, यद्यपि अध्यक्ष उपेन्द्र यादव ले तत्काल हतार नगर्न आन्तरिक रूपमा निर्देशन दिएका छन्।

यता नेपाल कम्युनिष्ट पार्टी एमाले भने नयाँ समीकरणको सम्भावनामा सक्रिय देखिएको छ। कांग्रेस नेतृत्वले आवश्यक परे एमालेलाई सरकारमा समेट्ने रणनीति अघि सारेको बताइन्छ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। हाल कांग्रेस नेतृत्वको सरकारलाई एमालेको बाह्य समर्थन कायमै रहेकाले तत्काल सरकार ढल्ने अवस्था नरहे पनि जनमतको समर्थन फिर्ताले संवैधानिक रूपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको छ।

यस अवधिमा सरकार जोगाउने वा नयाँ समीकरण बनाएर सत्ता परिवर्तन गर्ने दुवै सम्भावना खुला रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमिषाको आरोपपछि साइबर ब्युरोको ‘माफी काण्ड’, आमालाई बोलाएर लिखित कागज

काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ...

अध्यादेशले हटाइएकै डिन फेरि जिम्मेवारीमा, केयूमा निर्णय कि प्रयोगशाला ?

काठमाडौं  । काठमाडौं विश्वविद्यालय (केयू) मा अहिले पढाइभन्दा बढी प्रशासनिक ‘रिहर्सल’ चलिरहेको दृश्य देखिएको छ । अध्यादेशबाट पदमुक्त गरिएका डिनहरूलाई फ...

सुधन गुरुङ पुगेको रिसोर्टमा प्रहरी छापा, सीसीटीभी र मोबाइल नियन्त्रणमा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्ट अहिले राजनीतिक र प्रहरी वृत्तमा चर्चाको केन्द्र बनेको छ । पूर्वगृहमन्त्री सुधन गुरुङ युवतीसहित ...

कहाँ हरायो सुधनको नगद र ६ किलो गहना ?

काठमाडाैं । निर्वाचन आयोगमा ६ माघ २०८२ मा सम्पत्ति विवरण बुझाउँदा गृहमन्त्री सुधन गुरुङले ढुक्कसँग हस्ताक्षर गरेका थिए ।“माथि उल्लेखित विवरण ठीक छ, फर...

प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौँ। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट अनुमोदित उ...

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालमा लिक गर्ने थप २ जना पक्राउ

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षा सुरु हुनुभन्दा अगावै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप दुईजना पक्राउ परे...

धादिङमा भएका दुई दुर्घटनामा २ को मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका६ दशकिलामा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४७८१ नम्बरको  टिपर...

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending