बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच वैशाख ४ गते क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि काम सुरु गरिएको हो।
सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिए।
उनका अनुसार पहिलो चरणको सम्झौताअन्तर्गत वैशाख पहिलो सातामै १२ लाख थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिएको थियो।
“पहिलो चरणको १२ लाखमध्ये अत्यावश्यक ३७ हजार ६९८ थान, ब्याकलग ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २२७ थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरेका छौँ,” उपसचिव तिमिल्सिनाले भने।
केन्द्र र विभागबिच गत कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो। केन्द्रले निर्धारित समयअघि नै उक्त काम सम्पन्न गरेको जनाएको छ।
सरकारले बाँकी रहेका ब्याकलग लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो।
उपसचिव तिमिल्सिनाका अनुसार पहिलो चरणका लागि खरिद गरिएको कच्चा पदार्थ सकिएकाले दोस्रो चरणको छपाइका लागि आवश्यक कागजलायत सामग्री खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरिएको छ।
उनले ती सामग्री आउन करिब दुई साता लाग्ने बताउँदै हाल अत्यावश्यक तथा २४ घण्टे सेवाअन्तर्गतका लाइसेन्स मात्र छापिने जानकारी दिए।
“दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान दैनिक प्रिन्ट गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरी विभागलाई हस्तान्तरण गरिसकेका छौँ,” उनले भने।
हाल १२९ थान अत्यावश्यक र चार हजार ८१ थान दैनिक प्रिन्ट लाइसेन्स छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ।
त्यसैगरी, ५० हजार ८९७ थान ब्याकलग लाइसेन्स छापिसकिएको र हस्तान्तरणको प्रक्रियामा रहेको जानकारी दिइएको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच प्रति थान १९५ रुपियाँ १७ पैसामा लाइसेन्स छपाइ गर्ने सम्झौता भएको छ।
यसैबीच, केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको जनाएको छ। थप ६० लाख थान टिकट छाप्ने सम्झौता प्रक्रियामा रहेको छ।
सरकारले राहदानी, बैंक नोटलगायतका सुरक्षण मुद्रण सामग्री विदेशमा छाप्दा बाहिरिने रकम स्वदेशमै रोक्ने उद्देश्यले आर्थिक वर्ष २०७४/०७५ देखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना निर्माण सुरु गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...
जेष्ठ ५ गते, २०८३ - १७:४०
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...
जेष्ठ ५ गते, २०८३ - १७:३४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...
जेष्ठ ५ गते, २०८३ - १७:२५
काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...
जेष्ठ ५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...
जेष्ठ ५ गते, २०८३ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...
जेष्ठ ५ गते, २०८३ - १६:५४
काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...
जेष्ठ ५ गते, २०८३ - १६:४४
वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...
जेष्ठ ५ गते, २०८३ - १६:२९
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...
जेष्ठ ५ गते, २०८३ - १६:०६
काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...



प्रतिकृया लेख्नुहोस्: