काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता कायरता भएको बताएका छन्। भारतमा हालै सम्पन्न विधानसभा निर्वाचनपछि वामपन्थी शक्तिको अवस्थालाई लिएर नेपालमा भइरहेको विश्लेषणप्रति उनले असन्तुष्टि जनाएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले क्रान्तिकारी शक्तिले संकटको सामना गर्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, “संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो हो। एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्छ र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्छ।”
भारतको केरला मा वामपन्थी दल पराजित भएको घटनासँग जोडेर नेपालको वाम आन्दोलन संकटमा परेको निष्कर्ष निकाल्नु उचित नभएको उनको भनाइ छ। केरालामा प्राय: प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने परम्परा रहेको उल्लेख गर्दै उनले अघिल्लो निर्वाचनमा भने वाम गठबन्धन अपवादका रूपमा पुन: सत्तामा दोहोरिएको स्मरण गराएका छन्।
पोखरेलले नेपालको वामपन्थी आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नगर्ने बताएका छन्। उनका अनुसार वामपन्थी शक्तिको भविष्य भविष्यमुखी एजेन्डा, राष्ट्रहितका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा तय हुनेछ।
उनले अहिलेको हारलाई केवल वामपन्थीहरूको हारका रूपमा नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिको हारका रूपमा व्याख्या गरेका छन्। साथै लोकतान्त्रिक आन्दोलनका आधार शक्तिहरूले हारको कारण खोजी गर्दै गम्भीर समीक्षा, मूल्याङ्कन र पुनर्गठनको स्पष्ट योजना तयार गर्नुपर्नेमा उनले जोड दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: