Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

अटिजम र सिकाइ कठिनाइ भएकाका लागि ‘वेदा एकेडेमी’

खबरडबली संवाददाता

इटहरी। वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको क्षेत्रमा एउटा महìवपूर्ण उपलब्धि बनेको हो । 

अटिजम, सिकाइ कठिनाइ तथा न्युरोटिपिकल (सामान्य विकासक्रम भएका) बालबालिकालाई एउटै शैक्षिक वातावरणमा समेट्ने उद्देश्यसहित स्थापना गरिएको यसै शैक्षिक सत्रबाट सञ्चालन प्रारम्भ गरिएको विद्यालयलाई प्रदेशमै पहिलो समावेशी मोडेलका रूपमा लिइएको छ । 

नेपाल सरकारले समावेशी शिक्षा, प्रारम्भिक बालविकास (इसिडी) तथा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा जोड दिँदै नीति तथा कार्यक्रम अगाडि सारेको सन्दर्भमा वेदा एकेडेमीले स्थानीय तहमार्फत गुठीमा दर्ता गर्ने प्रक्रियालाई अगाडि बढाई समावेशी रूपमा विद्यालय सञ्चालनमा ल्याएको विद्यालयकी प्रधानाध्यापक सिर्जना तिम्सिनाले जानकारी दिए । 

शिक्षामन्त्री सस्मित पोखरेलले प्रत्येक प्रदेशमा समावेशी विद्यालयको अवधारणालाई अगाडि सारेको सन्दर्भमा निजी स्तरबाट गरिएको प्रयासस्वरूप स्थापित वेदा एकेडेमीलाई नमुना पहलका रूपमा हेरिएको छ । इटहरी उपमहानगरपालिका शिक्षा शाखामार्फत गुठी अन्तर्गत दर्ता प्रक्रियालाई अगाडि बढाई वेदा एकेडेमीले औपचारिक रूपमा अध्ययन अध्यापन सुरु गरिसकेको छ । यहाँ अटिजम भएका बालबालिकासँगै सिकाइमा कठिनाइ भएका तथा अन्य बालबालिकालाई समावेशी वातावरणमा शिक्षा प्रदान गरिन्छ । 

एकेडेमीले विशेष गरी अटिजम भएका र अन्य बालबालिकाबिच सामाजिक अन्तरक्रिया, सहकार्य, सहानुभूति र समावेशी सोच विकासको क्षेत्रलाई प्राथमिकता दिँदै उनीहरूको सहज जीवनयापनमा सहजीकरणको भूमिका निर्वाह गर्ने अपेक्षा राखेको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका शिक्षक तथा वेदा एकेडेमीका सल्लाहकार रमेश बरालको भनाइ छ । 

सल्लाहकार बरालका अनुसार वेदा एकेडेमीको मुख्य बल यसको विशेषज्ञ टोली हो । यहाँ वरिष्ठ बालरोग विशेषज्ञ, अटिजम क्षेत्रमा लामो अनुभव भएका विज्ञ, समावेशी शिक्षा विशेषज्ञ तथा सिकाइ कठिनाइसम्बन्धी प्रशिक्षित जनशक्ति सव्रिmय रूपमा संलग्न छन् । प्रत्येक बालबालिकाको व्यक्तिगत आवश्यकता पहिचान गरी त्यस अनुसार शिक्षण पद्धति, व्यवहार व्यवस्थापन तथा थेरापी सेवा प्रदान गरिने प्रधानाध्यापक तिम्सिनाको भनाइ छ । वेदा एकेडेमीमा प्रत्येक बालबालिकाको व्यक्तिगत अवस्था र आवश्यकतालाई केन्द्रमा राखेर शिक्षण पद्धति अपनाइन्छ । अटिजम भएका तथा सिकाइ कठिनाइ भएका बालबालिकाका लागि एकै प्रकारको शिक्षण प्रभावकारी नहुने भएकाले यहाँ व्यक्तिगत योजनामा जोड दिइने प्रधानाध्यापक तिम्सिनाले बताए । 

यसबाहेक अटिजम भएको बालबालिकाका लागि नियमित आवश्यक पर्ने स्पिच, अकुपेसनललगायत थेरापी गराउने भारतीय अनुभवी विशेषज्ञको समेत सहभागिताले विद्यालयको शिक्षण प्रणालीलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने व्यवस्थापन पक्षको विश्वास छ ।

विद्यालय सञ्चालक समिति सदस्य तथा वरिष्ठ बालरोग विशेषज्ञ डा। सञ्जयकुमार साहले विद्यालयमा स्पिच थेरापी, व्यवहार व्यवस्थापन, सामाजिक सिप विकास, आत्मनिर्भरता अभिवृद्धि तथा दैनिक जीवनोपयोगी गतिविधिमा विशेष ध्यान दिइने गरेको बताए। उनले भने, “अटिजम भएका बालबालिकाका लागि यस्ता सेवा अत्यावश्यक मानिन्छन्, जसले उनीहरूको दीर्घकालीन विकास र समाजमा समायोजन हुने क्षमतालाई सुदृढ बनाउँछ ।” 

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्वाञ्चल विश्वविद्यालय नर्सिङ सङ्कायका उपप्राध्यापक सरिता खतिवडाका अनुसार वेदा एकेडेमीको मूल विशेषता यसको समावेशी शैक्षिक संरचना हो । त्यहाँ अटिजम भएका बालबालिकासँगै सिकाइ कठिनाइ भएका तथा न्युरोटिपिकल बालबालिकालाई एउटै वातावरणमा अध्ययन गराइन्छ । फरक फरक क्षमताका बालबालिकालाई एउटै कक्षामा राख्दा उनीहरूबिच सहकार्य, सहानुभूति र पारस्परिक सम्मानको भावना विकास हुने विश्वास गरिएको छ । उनका अनुसार यस्तो अभ्यासले बालबालिकालाई सानैदेखि विविधता स्वीकार गर्ने संस्कार दिन्छ, जसले दीर्घकालीन रूपमा समावेशी समाज निर्माणमा योगदान पु(याउँछ । 

अटिजम भएका बालबालिकाका अभिभावकले आफ्ना ‘अटिस्टिक’ बालबालिकाका लागि उपयुक्त शैक्षिक संस्था नहुँदा विगतमा धेरै चुनौती सामना गर्नु परेको थियो तर वेदा एकेडेमी सञ्चालनमा आएपछि बालबालिकाले सुरक्षित, सहायक र व्यावसायिक वातावरण पाएको उनीहरूको अनुभव छ ।

वेदा एकेडेमीले समावेशी शिक्षाको माध्यमबाट अगाडि सारेका नीतिगत अवधारणालाई व्यावहारिक कार्यान्वयनमा ल्याउने महìवपूर्ण काम गरेको अटिजम भएका बालबालिकाका अभिभावकको विश्वास रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीर्ने तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending