ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।
हिमाली जिल्ला ताप्लेजुङमा पछिल्लो केही सातायता वर्षा भने दिनहुँजसो भइरहेको छ । बर्खायाम सुरु भएसँगै वैशाख पछि वर्षा हुनु, हावाहुरी चल्नु र चट्याङ पर्नु स्वाभाविक मानिन्छ । हिजोआज बेमौसमी हिमपात हुनु भनेको अस्वाभाविकजस्तै हो ।
पछिल्लो समय दिनहुँ वर्षा भइरहेको र शुक्रबार राति भने वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको मिल्के जलजले क्षेत्र, मिक्वा खोलाको तोक्पेगोला लोदेन क्षेत्र, मानाभरासहित उच्च हिमाली भेगमा हिमपात भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बेमौसमी हिमपातका कारण उच्च हिमाली भेगहरु सेताम्मे भएका छन् ।
यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि शुक्रबार राति बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धाम परिसरभन्दा निकै तल्लो भागसम्म नै हिउँ परेको छ । हिउँसँगै असिनासमेत परेको महतले जानकारी दिए।
समितिका कर्मचारी महतका अनुसार पाथीभरा क्षेत्रमा हिमपात भएपछि कतिपय तीर्थयात्रीलाई केही असहज भएको छ भने अधिकांसले पाथीभराको दर्शनसँगै हिउँमा खेल्न र रमाउन पाउँदा खुसी व्यक्त गरेका छन् । यता अहिले पर्यटकीय मौसम भएकाले निरन्तर वर्षा हुने र बेमौसमी हिमपात भइरहेमा पर्यटन क्षेत्रमा असर पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।
यसैगरी शनिबार बिहानैदेखि मौसम खुलेर घाम लागेको भए पनि दिउँसो करिब २स्०० बजे पछिदेखि मौसममा बदली आई पानी पर्न थालेको छ । वर्षाको क्रम अर्थात निरन्तर पानी परिरहेकाले मौसम चिसो हुँदै गएको र अझै बेमौसमी हिउँ पर्नसक्ने स्थानीयले अनुमान लगाउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: