जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा समेत माग गरेका छन्।
शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्टलगायत स्वास्थ्यकर्मीहरूले विरोध र्याली निकाल्दै जनकपुरधामका विभिन्न चोकमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले “स्वास्थ्यमन्त्री मुर्दावाद”, “राजीनामा दे”, “स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर” जस्ता नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूको आरोप अनुसार सरकारले ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ठूलो संख्यामा दरबन्दी खुलाए पनि हेल्थ असिस्टेन्ट, ल्याब, रेडियो तथा सिएमएजस्ता पदमा कुनै दरबन्दी नखोलिएको छ।
स्वास्थ्यकर्मी नवेश अधिकारीले नर्सिङ र डाक्टरबाहेक अन्य स्वास्थ्यकर्मीलाई बेवास्ता गरिएको भन्दै सरकारमाथि विभेद गरेको आरोप लगाए। उनका अनुसार देशभर हरेक वर्ष हजारौँ स्वास्थ्यकर्मी उत्पादन भइरहे पनि उनीहरूका लागि सरकारी अवसर नखुलाइनु गम्भीर अन्याय हो।
“दरबन्दी नै नखोल्ने हो भने यस्ता विषयको पढाइ नै बन्द गरे हुन्छ,” उनले भने।
प्रदर्शनकारीहरूले सरकारले दुई दिनभित्र निर्णय नसच्याए काठमाडौंमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै मन्त्री मेहताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...
आषाढ़ ४ गते, २०८३ - ०६:५१
म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...
आषाढ़ ४ गते, २०८३ - ०६:४२
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...
आषाढ़ ४ गते, २०८३ - ०६:३८
झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...
आषाढ़ ४ गते, २०८३ - ०६:३६
धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...



प्रतिकृया लेख्नुहोस्: