चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक पार्किङ नियन्त्रण गर्न जिल्ला प्रशासनले नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको शनिबार बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा विवरण दर्ता गर्न निर्देशन दिएको छ। त्यसपछि १५ दिनभित्र जीपीएस जडान गरेर जानकारी बुझाउनुपर्नेछ।
बैठकको अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्णय कार्यान्वयन नगर्ने एम्बुलेन्समाथि सञ्चालन रोक लगाइनेछ।
समितिले एम्बुलेन्सको भाडादर पनि तोकिएको मापदण्डअनुसार मात्र लिनुपर्ने व्यवस्था गरेको छ। साथै बिरामी पुर्याएपछि अस्पताल परिसरमा अनावश्यक पार्किङ गरेर अन्य एम्बुलेन्सलाई अवरोध गरे कारबाही गरिने निर्णय गरिएको छ।
दुर्घटना सम्भावित क्षेत्रलाई लक्षित गर्दै भण्डारा र मुग्लिङ क्षेत्रमा स्वास्थ्यकर्मीसहित २४सै घण्टा ‘डेडिकेटेड एम्बुलेन्स’ सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। ती एम्बुलेन्सका लागि छुट्टै टोलफ्री नम्बर उपलब्ध गराइने बताइएको छ।
यसका साथै चालक र स्वास्थ्य संस्थाबीच हुने सम्भावित गोप्य कारोबार रोक्न संस्थागत निगरानी बढाइने, एम्बुलेन्सको नियमित यान्त्रिक परीक्षण गरिने र चालकले अनिवार्य पोसाक लगाउनुपर्ने निर्णय पनि गरिएको छ।
प्रजिअ अर्यालले यी निर्णयले चितवनको एम्बुलेन्स सेवा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - ०७:४८
दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...
आषाढ़ ४ गते, २०८३ - ०७:३६
जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...
आषाढ़ ४ गते, २०८३ - ०७:३०
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...
आषाढ़ ४ गते, २०८३ - ०७:२७
बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...
आषाढ़ ४ गते, २०८३ - ०७:१५
काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...
आषाढ़ ४ गते, २०८३ - ०७:१०
काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...
आषाढ़ ४ गते, २०८३ - ०७:०७
काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...
आषाढ़ ४ गते, २०८३ - ०७:०४
काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...
आषाढ़ ४ गते, २०८३ - ०६:५८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...
आषाढ़ ४ गते, २०८३ - ०६:५३
काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...



प्रतिकृया लेख्नुहोस्: