Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

ट्रेड युनियन खारेजीमा सर्वोच्च ‘स्प्लिट’, दुई न्यायाधीशले भने– “हतारमा आदेश आवश्यक छैन”

खबरडबली संवाददाता

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ । बहुमत न्यायाधीशले निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिए पनि दुई न्यायाधीशले भने तत्काल हस्तक्षेप आवश्यक नरहेको फरक राय राखेका छन् ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहितको पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल अन्तरिम आदेश दिने पक्षमा उभिएका थिए । तर न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदी ले सरकारको धारणा नसुनी एकपक्षीय सुनुवाइका आधारमा आदेश जारी गर्नु उचित नहुने तर्क गरेका छन् ।

उनीहरूले फरक रायमा विपक्षीसँग छलफल नगरी तत्काल आदेश दिन नहुने उल्लेख गर्दै कारण देखाउ आदेश जारी गरेर सरकारलाई लिखित जवाफका लागि बोलाउनु उपयुक्त हुने बताएका छन् ।

दुवै न्यायाधीशले अध्यादेश संसद्मा पेश हुने प्रक्रिया बाँकी रहेकाले अदालतले तत्काल हस्तक्षेप गर्न हतार गर्न नहुने तर्क पनि अघि सारेका छन् । संसद्ले अध्यादेश स्वीकृत गर्ने वा नगर्ने प्रक्रिया टुंगिनुअघि न्यायिक हस्तक्षेप उचित नहुने उनीहरूको भनाइ छ ।

त्यस्तै, रिट निवेदकलाई तत्कालै अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै उनीहरूले अन्तरिम आदेश आवश्यक नरहेको धारणा राखेका छन् । यद्यपि, विपक्षीसँग लिखित जवाफ माग्ने र कारण देखाउ आदेश जारी गर्ने विषयमा भने सबै न्यायाधीशबीच सहमति देखिएको छ ।

अब आगामी जेठ ६ गते दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने अन्तिम टुंगो लगाउनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

धवलागिरीका घुम्ती गोठ संकटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...

विपद्जन्य घटनाबाट एकै महिनामा झापामा १० करोड बढीको क्षति

झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending