Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ - प्रवक्ता पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएका सडक, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएको हो ।

सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरेअनुरूप आइतबार काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो कार्यक्रम गरेको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए।

मन्त्री पोखरेलले देशैभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर आगामी वर्षदेखि प्राथमिकताका आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे। यसअघि सबै विद्यालयलाई समान बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ, सोही अनुरूप पठाइने उल्लेख गरे।

मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए। उनले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकारका विषय र गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाए।

सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खानेपानी लगायतका गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आइनपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो उनीले पोखेका थिए ।

स्थानीयवासीले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए । यस्तै, त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत उनीहरूले राखेका थिए ।

स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिए बमोजिम गर्न निर्देशन दिइसकेको बताए। उनले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चितता गरिने बताए ।

त्यसैगरी सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाँडै समाधान गर्ने प्रतिबद्धता उनले जनाए। मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिएलगत्तै त्रिवि सेवा आयोग लगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास दिलाए।

काठमाडौँ क्षेत्र नं ५ का १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको मन्त्री पोखरेलले उल्लेख गरे । उनले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराउने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए।

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा। ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दु:खद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...

बागमती नदीमा बेपत्ता पाँचमध्ये दुईको शव फेला, तीन जना सकुशल

काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...

भारत भ्रमणका लागि नेपाल ए टोली घोषणा, को को खेल्दैछन् ?

नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...

बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...

सीमाविवादका कारण कर्णाली करिडोर बन्द

कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...

बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला

सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ - प्रवक्ता पोखरेल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...

सरकारविरुद्ध संसदमा सशक्त प्रतिरोधमा उत्रिने विपक्षी दलहरूको सहमति

काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...

सिड्नी विमानस्थलमा बेहोस भएर ढलेकी नेपाली महिलाको निधन, शव नेपाल पठाउने तयारी

सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। काठमाडौंको सुकेधारा निवासी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending