काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिवालय बैठकमा अधिकांश पदाधिकारीले ओलीलाई नेतृत्वबाट मार्ग प्रशस्त गर्न खुला दबाब दिएका छन् ।
सबैभन्दा ठूलो झट्का ओलीले आफ्नै भरपर्दा सहयात्रीहरूबाट पाए । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ले अब पुरानै शैलीमा पार्टी चल्न नसक्ने सन्देश दिएपछि ओली पहिलोपटक सचिवालयमै स्पष्ट अल्पमतमा देखिएका छन् ।
बैठकअघि ओलीले पुनर्गठनको बहस नगर्न चेतावनी दिएका थिए । तर उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ ले प्रतिवाद गर्दै एमाले निजी कम्पनी नभएको जवाफ फर्काए । त्यसपछि बैठकको माहोल ओलीका लागि असहज बन्दै गयो ।
पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा बाहेक अधिकांश नेताले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखे । उपमहासचिव योगेश भट्टराई र उपाध्यक्ष गोकर्ण बिष्ट ले समेत पुनर्गठनका लागि ओलीले बाटो खोल्नुपर्ने अडान राखेका छन् ।
एमालेभित्र अहिले उठेको असन्तुष्टि केवल व्यक्तिविरोध होइन, ओली शैलीविरुद्धको विद्रोहका रूपमा हेरिएको छ । वर्षौंदेखि फरक मतलाई कारबाही, निष्कासन र दबाबमार्फत दबाउँदै आएका ओलीमाथि अहिले आफ्नै शैली उल्टिएको छ ।
२०७१ सालमा अध्यक्ष बनेपछि ओलीले पार्टीका सबै संरचना आफूअनुकूल बनाउँदै लगे । फरक मत राख्ने नेता क्रमशः किनारामा पारिए । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल र घनश्याम भूसाल जस्ता नेताहरू पार्टीबाट अलग भए ।
ओलीलाई ‘बा’, ‘राजनेता’ र ‘युगपुरुष’ बनाउने अभियान चलाइयो । पार्टीभित्र उनका तस्वीरबाहेक अरू नेता नराख्न निर्देशनसम्म जारी भयो । मदननगर बल्खुमा बन्ने भनिएको पार्टी मुख्यालयलाई व्यवसायीको दानसँग जोडेर ‘ओलीनगर’ बनाउनेसम्मको चर्चा भयो ।
फरक मत राख्नेहरूमाथि कारबाहीको श्रृंखला पनि निरन्तर चल्यो । विन्दा पाण्डे र उषाकिरण तिम्सेना निलम्बनमा परे भने भीम रावल निष्कासित भए ।
यति मात्रै होइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने संकेत दिएपछि उनको सदस्यता नवीकरणसमेत रोकियो । मदन भण्डारीबारे ओलीले दिएका विवादास्पद अभिव्यक्तिले समेत पार्टीभित्र असन्तोष चर्काएको थियो ।
ओलीका लागि अहिलेको संकटको अर्को कारण विधान संशोधन पनि बनेको छ । दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाएर ओलीलाई तेस्रोपटक अध्यक्ष बनाइएको निर्णय अहिले धेरै नेताले ‘ऐतिहासिक गल्ती’ भन्न थालेका छन् । त्यही निर्णयका मुख्य समर्थकहरू अहिले पुनर्गठनको मागमा उभिएका छन् ।
विशेषगरी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एमालेले बेहोरेको निराशाजनक परिणामपछि पार्टीभित्र असन्तोष विस्फोट भएको हो । नेताहरूको निष्कर्ष छ— एमाले अब पुरानै शैलीमा अघि बढ्न सक्दैन ।
तर ओली अझै झुक्ने संकेतमा छैनन् । उनी पुनर्गठनको प्रस्तावलाई औपचारिक एजेन्डा बनाउनसमेत तयार छैनन् । उल्टै, केन्द्रीय कमिटीमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै नेताहरूलाई फकाउने प्रयासमा छन् ।
एमालेभित्र अहिले प्रश्न एउटै उठेको छ— वर्षौंदेखि अरूलाई किनारामा पार्दै आएका ओली यसपटक आफ्नै बनाएको किल्लाभित्र टिक्न सक्लान् कि सक्दैनन् ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८३ - २२:०२
कैलाली । सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...
जेष्ठ १० गते, २०८३ - २१:५०
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...
जेष्ठ १० गते, २०८३ - २१:४८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...
जेष्ठ १० गते, २०८३ - २१:२७
काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा...
जेष्ठ १० गते, २०८३ - २०:०५
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिव...
जेष्ठ १० गते, २०८३ - २०:०२
काठमाडौं । नरेफाँट मा दिउँसै एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...
जेष्ठ १० गते, २०८३ - १९:५४
सिन्धुली । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहाद...
जेष्ठ १० गते, २०८३ - १९:५१
काठमाडौं । माइतीघर मण्डला मा आइतबार जातीय विभेद, हिंसा र उत्पीडनविरुद्ध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्ध...
जेष्ठ १० गते, २०८३ - १९:४५
हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानब...
जेष्ठ १० गते, २०८३ - १९:४२
काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम प...



प्रतिकृया लेख्नुहोस्: