काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङबारे लगातार समाचार छापिरहेको जनआस्था साप्ताहिकमाथि अब सीधै विदेशी नम्बरबाट दबाब र ‘डिल’को प्रयास भएको आरोप सार्वजनिक भएको छ।
जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठका अनुसार चीनको नम्बरबाट आएको फोनमा आफूलाई “मिस्टर यिङ” बताउने व्यक्तिले स्पष्ट शब्दमा भने– “सुधन गुरुङ हाम्रो लागि खतरनाक मान्छे हो।” त्यसपछि सुरु भयो पैसा, प्रलोभन र रहस्यमय गतिविधिको शृंखला।
श्रेष्ठका अनुसार फोनकर्ताले नेपालका मिडिया प्रयोग गरेर सुधनविरुद्ध माहोल बनाउन प्रस्ताव राखे। तर उनले अस्वीकार गरेपछि घटना झन् रहस्यमय मोडमा पुग्यो। सानेपास्थित जनआस्था कार्यालयको गेटमै मास्क लगाएकी एक युवती आएर ५० हजार रुपैयाँ नगद र रक्सीको बोतल छाडेर हिँडिन्।
सीसीटीभी फुटेजमा देखिएकी ती युवती कालो चस्मा, मास्क र साइड ब्यागमा थिइन्। उनले नीलो प्लास्टिकको झोलामा पैसा र रक्सी राखेर गेटमा छाडेको दाबी गरिएको छ। त्यसलगत्तै फेरि चिनियाँ नम्बरबाट फोन आयो। श्रेष्ठले भने, “सामान फिर्ता लैजानू, फेरि यस्तो वाहियात काम नगर्नू भनेर कडा जवाफ दिएँ।”
घटनाले अब गम्भीर प्रश्न उठाएको छ । के सुधन गुरुङको विवाद केवल सम्पत्तिको मात्रै हो ? याे प्रकरणभित्र विदेशी ‘इन्टरेस्ट’, राजनीतिक शक्ति संघर्ष र मिडिया म्यानिपुलेसनको ठूलो खेल लुकेको छ ?
सुधन गुरुङमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण, विवादास्पद लगानी र सम्पत्तिको स्रोतबारे प्रश्न उठिसकेको छ। निर्वाचन आयोगमा बुझाएको विवरण र मन्त्री हुँदा सार्वजनिक गरिएको सम्पत्ति विवरणमै फरक देखिएपछि उनी मन्त्री पदबाट बाहिरिन बाध्य भएका थिए।
उनको “हामी नेपाल” संस्थाको गतिविधि, फ्री तिब्बतसँग जोडिएका सम्बन्ध र जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोपले पहिले नै अनेक शंका जन्माइसकेको थियो। अहिले त्यसैमाथि चिनियाँ नम्बरबाट आएको दबाबपूर्ण फोनले थप रहस्य थपिदिएको छ।
उता सामाजिक सञ्जालमा अर्को युद्ध सुरु भएको छ। श्रेष्ठ र अज्ञात व्यक्तिबीचको भनिएको अडियो तथा च्याट स्क्रिनसट भाइरल बनाइएको छ। त्यसमा “५० हजार र एउटा बोतल पाएँ, समाचार भाइरल बनाइसकेँ” भन्ने सन्देश देखाइएको छ । तर श्रेष्ठको दाबी छ त्यो सबै “फेक, एडिटेड र नियोजित प्रोपागान्डा” हो। उनले भने, “फोनको आवाज मेरै भए पनि काँटछाँट गरेर गलत अर्थ निकालिएको छ। तथ्यको सामना गर्न नसकेपछि मिडियालाई नै बदनाम गर्न खोजिएको हो।”
अब प्रहरी पनि सक्रिय भएको छ। गेटमा पैसा र रक्सी छाडेर जाने युवतीको खोजी भइरहेको छ भने साइबर ब्युरोमा पनि उजुरी पुगेको बताइएको छ । यो घटनाले नेपाली राजनीति, विदेशी प्रभाव, मिडिया ‘म्यानिपुलेसन’ र सत्ता संघर्षको अन्धकारपूर्ण पाटो फेरि एकपटक सतहमा ल्याइदिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८३ - २२:०२
कैलाली । सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...
जेष्ठ १० गते, २०८३ - २१:५०
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...
जेष्ठ १० गते, २०८३ - २१:४८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...
जेष्ठ १० गते, २०८३ - २१:२७
काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा...
जेष्ठ १० गते, २०८३ - २०:०५
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिव...
जेष्ठ १० गते, २०८३ - २०:०२
काठमाडौं । नरेफाँट मा दिउँसै एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...
जेष्ठ १० गते, २०८३ - १९:५४
सिन्धुली । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहाद...
जेष्ठ १० गते, २०८३ - १९:५१
काठमाडौं । माइतीघर मण्डला मा आइतबार जातीय विभेद, हिंसा र उत्पीडनविरुद्ध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्ध...
जेष्ठ १० गते, २०८३ - १९:४५
हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानब...
जेष्ठ १० गते, २०८३ - १९:४२
काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम प...



प्रतिकृया लेख्नुहोस्: