काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लाई जिम्मेवार ठहर गरेको छ।
आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनसम्बन्धी छानबिन प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको उल्लेख गरेको छ। साथै उपचारका क्रममा थप २३ जनाको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनमा संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने गरी विभिन्न सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धपछि आन्दोलन सुरु भएको उल्लेख गर्दै राज्यले परिस्थितिलाई नियन्त्रण गर्न असफल भएको निष्कर्ष निकालिएको छ।
आयोगले तत्कालीन प्रधानमन्त्री ओलीले “गोली हान्न आदेश दिएको छैन” भन्ने दाबी मात्रका आधारमा उनलाई जिम्मेवारीबाट मुक्त गर्न नसकिने स्पष्ट पारेको छ। राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका कारण घटनाप्रति उनको उत्तरदायित्व रहने आयोगको ठहर छ।
प्रतिवेदनअनुसार भदौ २३ गते साँझदेखि २४ गते दिउँसोसम्मको सुरक्षा अवस्थाको विश्लेषण गर्दा नेपाली सेनाबाहेक अन्य सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालित हुन नसकेको देखिएको छ। यस्तो अवस्थामा पनि मन्त्रिपरिषद्ले सेनाको सहयोग लिनेबारे कुनै निर्णय नगरेको आयोगले उल्लेख गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १७:२६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...
जेष्ठ १३ गते, २०८३ - १७:१५
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...
जेष्ठ १३ गते, २०८३ - १७:०२
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...
जेष्ठ १३ गते, २०८३ - १६:४६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...
जेष्ठ १३ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...
जेष्ठ १३ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...
जेष्ठ १३ गते, २०८३ - १६:२६
काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...
जेष्ठ १३ गते, २०८३ - १५:५१
काठमाडौं । संघीय संसद् सचिवालय ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न हाल प्रयोग भइरहेको बहुउद्देश्यीय संसद् हलमै संयुक्त बैठक बस्ने तयारी गरेको छ।...
जेष्ठ १३ गते, २०८३ - १५:४२
बेल्जियम। बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबिच भएको ठक्करमा दुई बालबालिकासहित चार जन...
जेष्ठ १३ गते, २०८३ - १४:५६
काठमाडौं । सर्वोच्च अदालतले अदालतमा इजलास र मुद्दा छनोटका लागि अपनाइँदै आएको गोला (लटरी) प्रणाली परिवर्तन गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ। न...



प्रतिकृया लेख्नुहोस्: