नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात तथा निर्यात दुवै वृद्धि भएको छ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ प्रतिशतले आयात र करिब १० प्रतिशतले निर्यात वृद्धि भएको हो।
भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलका अनुसार यस वर्ष वैशाख महिनासम्म यो नाकाबाट ७० अर्ब २३ करोड ९ लाख २४ हजार रुपियाँ बराबरको सामान आयात भएको छ। गत वर्ष सोही अवधिमा ६३ अर्ब ३२ करोड ७० लाख ६० हजार रुपियाँ बराबरको सामान आयात भएको थियो। गत वर्षको तुलनामा हालसम्म करिब सात अर्ब रुपैयाँ बराबरको आयात वृद्धि भएको देखिन्छ।
यसैगरी, चालु आर्थिक वर्षको १० महिनामा यो नाकाबाट दुई अर्ब ८२ करोड ६९ लाख ६७ हजार रुपियाँ बराबरको सामान निर्यात भएको छ। गत वर्ष सोही अवधिमा दुई अर्ब ५८ करोड ३० लाख २६ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो। यसअनुसार करिब २४ करोड रुपियाँभन्दा बढीले निर्यात वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
यो नाकाबाट सबैभन्दा बढी आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ, चामल, दाल, कपडा, मकै लगायत खाद्यान्न, चिनी, तरकारी तथा फलफूल र विभिन्न मेसिनरी सामानहरू रहेका छन्।
त्यसैगरी, निर्यात हुने वस्तुहरूमा जडीबुटी, खोटो–रोजिन, टर्पेन्टाइन तेल, काजु हस्क, अदुवा सुठो, खरेटो कुचो, बहुमूल्य पत्थर, सिलाजित पेस्ट र सिमेन्ट खैरो रहेका छन्।
यसका साथै खयर कत्था, वनस्पतिका सार, एसेंशियल आयल, रिठ्ठा तथा नौनी बटर घ्यूको निर्यात पनि उल्लेख्य रूपमा वृद्धि भएको भन्सार कार्यालय प्रमुख पौडेलले बताए।
उहाँका अनुसार आयात–निर्यात दुवै वृद्धि भए पनि राजस्व संकलन भने करिब दुई प्रतिशत मात्र वृद्धि भएको छ।
नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपियाँ राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा १६ अर्ब ४६ करोड २४ लाख रुपियाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: