Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

रास्वपा रुकुमपश्चिमको सभापतिमा खड्का निर्वाचित

खबरडबली संवाददाता

रुकुमपश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएको छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उनी जिल्ला सभापतिमा निर्वाचित भएको हो ।

आइतबार र सोमबार रास्वपा रुकुमपश्चिमको प्रथम जिल्ला अधिवेशन मुसीकोटमा भएको थियो । सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि मतदानमार्फत जिल्ला नेतृत्व चयन भएको हो । सभापितमा खड्काले ४२ मतसहित निर्वाचित हुनुभयो भने चन्दले ३० मत प्राप्त गरेको छन् । कुल ११३ जना मतदाता रहेकामा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिमा रिमप्रसाद शर्मा निर्वाचित भएको छन्। उनले ३२ मत प्राप्त गरेको छन् । उनका प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २०, ठकेन्द्र गिरी रविले १४ र घमन्डबहादुर चन्द शिखरले पाँच मत मात्र प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाममा उल्लेख छ । सचिवमा दीपेन्द्रराज विष्ट लोकप्रिय मतका साथ विजयी भएको छन् । उनले सर्वाधिक ५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नवराज मल्लले १४ मत पाए। सहसचिवमा २७ मतसहित प्रेम बाँठा मगर निर्वाचित भएको छन् । उनका प्रतिस्पर्धी शसे खत्री सरोज र पदम ददेलले २३र२३ मत प्राप्त गरेको छन् ।

पाँच जना सदस्यका लागि भएको प्रतिस्पर्धामा नीरज गिरी, यामराज डाँगी,  लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी विजयी भएको छन् । सदस्यमा कृष्णबहादुर ओली, पलबहादुर खड्का र टोपबहादुर थापा पराजित हुनुभएको छ । त्यस्तै सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित भएको छन् भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनीत गरिएको रास्वपा उप सभापति रिम प्रसाद शर्माले जानकारी दिए।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ शपथ खुवाएको छन् । साथै नव निर्वाचितहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले जिल्लामा पार्टीलाई थप बलियो बनाउँदै पहिलो पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दा आन्तरिक प्रतिस्पर्धा भएको र अब सबै मिलेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउँदै उहाँले सबै नेता तथा कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह समेत गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending