Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

खबरडबली संवाददाता

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षेत्रमा पर्याप्त पानी परेका कारण रोपाइँको दरमा उल्लेख्य वृद्धि भएको हो । कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म ३१.४९ प्रतिशत धान खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ ।

निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीका अनुसार गत वर्ष असार २२ गतेसम्म २९.५४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्षको प्रगति गत वर्षको सोही अवधिको तुलनामा झण्डै दुई प्रतिशतले बढी हो । प्रदेशको कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ८७ हजार ३३ हेक्टरमा रोपाइँ सकिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा मध्य पहाडी जिल्लाहरूमा सबैभन्दा बढी रोपाइँ भएको देखिएको छ । मध्य पहाडका ८ जिल्लाहरूमा औसत ४२.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जसमा भोजपुरमा ७३ प्रतिशत र पाँचथरमा ५६ प्रतिशत क्षेत्रमा धान रोपिएको छ । यस्तै, उच्च पहाडी तीन जिल्लाहरू ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा औसत २३.८३ प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ ।

धान खेतीका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा पनि पछिल्लो दश दिनमा रोपाइँमा उल्लेख्य सुधार देखिएको छ । असार १३ गतेसम्म करिब ८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको तराईमा असार २२ सम्म आइपुग्दा २८.१७ प्रतिशत प्रगति देखिएको छ । तराईको कुल १ लाख ९३ हजार २८५ हेक्टर जमिनमध्ये ५४ हजार ४४० हेक्टरमा रोपाइँ सकिएको छ ।

निर्देशक डाँगीले समयमै वर्षा हुनु र सिँचाइको उपलब्धताले गर्दा यस वर्ष रोपाइँमा सुधार देखिएको बताइन् । यसले आगामी उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने उनले बताइन्। 

निर्देशनालयका अनुसार खोटाङमा ४४ प्रतिशत, ओखलढुङ्गामा ३३ प्रतिशत र उदयपुरमा ३१ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । 

नियमित वर्षा भइरहेकाले असार मसान्तसम्ममा रोपाइँको प्रतिशत अझै बढ्ने निर्देशनालयको अनुमान छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहनेस्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...

फेसबुकमा समस्या

काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...

ज्येष्ठ नागरिकका लागि नि:शुल्क आयुर्वेद फार्मेसी सञ्चालन

जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending