Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, प्रधानमन्त्रीसँग सदनमै जवाफ माग

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याएका छन्।

नेकपा ९एमाले०का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई जवाफ दिनुपर्ने माग गरिएको भन्दै संवाद र सहमतिका आधारमा निकास खोज्न आग्रह गरे।

बैठकका क्रममा सभामुख डोलप्रसाद अर्यालले पहिलो बैठकमा सांसद राईले आफूलाई लक्षित गर्दै प्रयोग गरेको असंसदीय अभिव्यक्ति संसद्को अभिलेख ९रेकर्ड०बाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिए।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद परशुराम तामाङले नेपालले कुनै पनि छिमेकी मुलुकको भूमि अतिक्रमण नगरेको उल्लेख गर्दै मित्रवत् सम्बन्ध कायम राख्दै आफ्नो मिचिएको भूमि फिर्ता माग गर्नु नेपालको अधिकार भएको बताए।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिबारे सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने माग गरे। उनले सामाजिक सञ्जालमा हुने गालीगलौजका घटनामा सरकारले सबैलाई समान रूपमा कानुन लागू गर्नुपर्ने धारणा पनि राखे।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले उठाइएका विषयमा प्रधानमन्त्रीबाट संसद्मै स्पष्ट जवाफ दिलाउने सभामुखको प्रयास प्रभावकारी हुन नसकेको टिप्पणी गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहनेस्: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...

फेसबुकमा समस्या

काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...

ज्येष्ठ नागरिकका लागि नि:शुल्क आयुर्वेद फार्मेसी सञ्चालन

जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending