काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुधबार एकै दिन सरकारले १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छ। कानुनी व्यवस्थाअनुसार आर्थिक वर्षको अन्तिम दिनमा गरिने भुक्तानीका लागि चेक काटिसक्नुपर्ने भएकाले अहिले भुक्तानी प्रणालीमा चाप बढेको छ।
स्थानीय तहले प्रयोग गर्ने सूत्र प्रणालीमा देशभर समस्या देखिएको छ। आर्थिक वर्षको अन्तिम समयमा भुक्तानीको चाप बढ्दा यस्तो समस्या अझ बढी देखिने गरेको कार्यालयले जनाएको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबारसम्म सरकारको कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। मंगलबारसम्म कुल खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षमा पूँजीगत खर्च भने अपेक्षाअनुसार हुन सकेको छैन। बुधबारसम्म पूँजीगत खर्च लक्ष्यको करिब ४० प्रतिशत मात्रै पुगेको छ। यस अवधिसम्म १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। यस वर्ष कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ।
यता राजस्व संकलन पनि लक्ष्यभन्दा पछाडि रहेको छ। बुधबारसम्म सरकारले लक्ष्यको ७८.१५ प्रतिशत मात्रै राजस्व उठाएको छ।
सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...
श्रावण ३ गते, २०८३ - १५:०३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...
श्रावण ३ गते, २०८३ - १४:४०
काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...
श्रावण ३ गते, २०८३ - १३:४१
जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...
श्रावण २ गते, २०८३ - १६:५३
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...



प्रतिकृया लेख्नुहोस्: