काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई एकै दिन दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। गैरकानुनी सम्पत्ति आर्जन र सूचना प्रविधि (आईटी) खरिद प्रक्रियामा घुस लिएको अभियोगमा अदालतले पौडेलविरुद्ध फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पौडेललाई दुई वर्ष कैद, १२ करोड ७५ लाख रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला गरेको छ। साथै उनले पीडित राहत कोषमा ५१ लाख रुपैयाँ जम्मा गर्नुपर्ने पनि आदेश भएको छ।
त्यसैगरी, आईटी खरिद प्रक्रियामा घुस लिएको मुद्दामा पनि अदालतले उनलाई दोषी ठहर गरेको छ। उक्त मुद्दामा सजाय निर्धारण गर्न बाँकी रहेकाले अदालतले बिहीबारका लागि छुट्टै सुनुवाइ तोकेको छ। कानुनी व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी कैद हुन सक्ने मुद्दामा सजाय निर्धारणका लागि अलग सुनुवाइ गरिन्छ।
अदालतका अनुसार पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा ठेक्का प्रक्रियामा अनियमितता गर्दै विदेशी आपूर्तिकर्ताबाट कमिसन र घुस लिएका थिए। उनले सिंगापुरस्थित बैंक खातामार्फत रकम लिएको प्रमाण अख्तियारले बरामद गरेका विद्युतीय उपकरणको फरेन्सिक परीक्षण र सिंगापुरका सम्बन्धित निकायबाट प्राप्त बैंक विवरणबाट पुष्टि भएको अदालतको निष्कर्ष छ।
आईटी खरिदसम्बन्धी मुद्दामा पौडेलले ३ करोड ८ लाख रुपैयाँ घुस लिएको अदालतले ठहर गरेको छ। अनुसन्धानका क्रममा सिंगापुरस्थित बैंक खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा जम्मा भएको विवरण फेला परेको थियो। अदालतले उक्त रकमलाई वैध आम्दानीबाट आर्जित नभई भ्रष्टाचारबाट प्राप्त सम्पत्ति मानेको छ।
रोचक पक्ष के भने, अदालतमा बयान दिने क्रममा पौडेलले विदेशमा आफ्नो कुनै बैंक खाता नरहेको दाबी गरेका थिए। तर, सिंगापुरबाट प्राप्त आधिकारिक कागजात र विद्युतीय प्रमाणहरूले उनको दाबीलाई असत्य सावित गरेको अदालतको ठहर छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलले नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको दाबी गर्दै मुद्दा दायर गरेको थियो। त्यसमध्ये २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति भएको आयोगको दाबी रहे पनि विशेष अदालतले सबै दाबी स्वीकार नगरी खातामा पुष्टि भएको रकमलाई मात्रै गैरकानुनी आर्जनको रूपमा मान्यता दिएको छ।
पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा विभिन्न सूचना प्रविधि सम्बन्धी ठेक्कामा आफूअनुकूल कम्पनीलाई लाभ पुर्याएको र त्यसबापत विदेशी कम्पनीबाट कमिसन लिएको अभियोग पनि अदालतबाट प्रमाणित भएको छ। उक्त प्रकरणमा संलग्न भनिएका केही नेपाली आईटी कम्पनीहरू यसअघि पनि विभिन्न अनियमितता विवादमा तानिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: