Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हटेन छुवाछूत : भाँडा नमाझेको भन्दै दलित अनमिमाथि आक्रमण प्रयास

\"anami\"पोखरा । कास्कीको पश्चिमी गाविस भदौरेतामागीमा पुस २८ गते मंगलबार एक दलित अनमिमाथि आक्रमणको प्रयास भएको छ । स्थानीय भोजमा आफुले खाएको भाँडा नमाझेको भन्दै भदौरे प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अनमि अम्बिका सुनारमाथि आक्रमणको प्रयास भएको हो ।   मंगलबार स्वास्थ्य चौकीमै कार्यरत सिनियर अनमि हरिकुमारी गुरुङले आफ्नो छोरा ब्रिटिश आर्मीमा भर्ति भएको खुसीयालीमा भोजको आयोजना गरेकी थिइन् । भदौरे ७ कुत्मिडाँडास्थित महिला स्वयंसेविका ठकुरशोभा गुरुङको घरमा आयोजित भोजमा स्वास्थ्य चौकीका ६ जना कर्मचारी र केही हरिकुमारीका आफन्त सहभागी थिए । उक्त भोजमा अनमि अम्बिका सुनार पनि आफ्नी साढे दुई वर्षीया छोरीसहित गएकी थिइन् ।   भोजमा अन्य सबै घरभित्रै पसेर खाना खाए । अनमि सुनारलाई भने स्वास्थ्यचौकीकै कर्मचारी पार्वती पराजुली र उनकी नन्द पुष्पा पराजुलीसँग बाहिरै राखियो । ‘मलाई एक्लै बाहिर राख्दा भेदभाव गरेकोजस्तो हुन्छ भनेर उनीहरुलाई साथी राखिएको हो’, अम्बिकाले भनिन् । अम्बिकाले खाना खाएर भाँडा जुठेल्नामा राखिन् । उनी सबैले जुठो भाँडा राखेको ठाउँमा आफुले खाएको भाँडा राखेर छोरीलाई सम्हाल्न तिर लागिन् ।   त्यत्तिकैमा घरधनी ठकुरशोभा गुरुङ चर्किइन् । ‘तैले खाएको भाँडा तैले नै माझ । हामी तेरो भाँडा माझ्न बसेको होइन । यो बजार होइन यो गाउँघर हो’ ठकुरशोभालाई उधृत गर्दै अम्बिकाले भनिन्, ‘त जति पढेर ठुलो भएपनि न कमिनी नै होस् । आफुले खाएको भाँडा आफै माझेर जा ।’   अम्बिकाले यदि भाँडा माझ्नुपर्छ भन्ने थाहा भएको भए भोजमै नआउने बताइन् र भाँडा माझ्न इन्कार गरिन् । अम्बिकाले त्यति भन्न नपाउँदै ठकुरशोभाका श्रीमान् चन्द्रबहादुर जंगीदै निस्किए । पाखुरा सुक्र्याउदै उनले ‘त कमिनीको भाँडा हामीले माझ्छम् ? त आफै माझ’ भने । अम्बिकातर्फ जाइलाग्न थालेका चन्द्रबहादुरलाई स्वास्थ्य चौकीकै अहेब हरिबहादुर राईले रोके । ‘हरि सरले नरोकेको भए कुटपिट पनि हुन सक्थ्यो’, अम्बिकाले भनिन् । त्यहाँ धेरैबेर बस्दा असुरक्षित हुने ठानेपछि आफु छोरी लिएर भदौरेकै पुरानेमा रहेको घरतर्फ हिडेको उनले बताइन् । उक्त घटना हुँदासम्म भोजमा सहभागि कोही पनि बोलेनन् ।   स्टाफ नर्स अम्बिका करिब तीन महिनाअघि कास्कीकै कृस्ती स्वास्थ्य चौकीबाट सरुवा भएर भदौरे गएकी हुन् । स्वास्थ्य चौकीबाट नजिकै रहेकोले तीन–चार पटक भएको तालिम र गोष्ठीमा खाजा खाने व्यवस्था पनि ठकुरशोभाकै घरमा हुन्थ्यो । त्यतिखेर भने अम्बिकाले भाँडा माझ्नुपरेको थिएन । उनले पोखराको नदिपुरस्थित पश्चिमाञ्चल प्राविधिक शिक्षालय, नदिपुरमा अध्यापन समेत गराउँदै आएकी छन् ।   बुधबार पोखरा आएकी अम्बिकाले ठकुरशोभा र उनको श्रीमान्ले ‘कहाँको ठुलो मान्छे होस्, जे गर्छेस् गर’ भनेपछि आफु न्याय खोज्न आएको बताइन् । अम्बिका र उनका श्रीमान् हितबहादुर सुनार जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दर्ता गर्ने तयारीमा छन् । ‘आज यत्तिकै छोडे भने फेरि फेरि यस्तो घटना दोहोरिन्छ’, आक्रोशित हुँदै उनले भनिन्,‘छुवाछूत गर्नेलाई कारवाही दिलाउन के–के गर्नुपर्छ सबैकुरा गर्छु । दबिएर बस्दिन ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies