Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पूर्व–पश्चिम राजमार्गमा अब पहिलेझैँ गाडी चल्ने

\"chitwan-bus-jam-4\" धनुषा । मधेस आन्दोलन सुरु भएपछि निकै आक्रान्त बनेको पूर्व पश्चिम राजमार्ग बिस्तारै सामान्य बन्न थालेको छ । आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताको राजमार्गमा उपस्थिति र प्रदर्शन पातलिँदै गएपछि पूर्वपश्चिम राजमार्ग पहिलेकै अवस्थामा फर्किन थालेको हो । केही हप्तादेखि राजमार्गको अवस्था सामान्य भएपछि प्रहरीले रातको समयमा समेत गाडीको अगुवाइ गर्नु परेको छैन । यात्रुले पनि पूर्वपश्चिम राजमार्गको यात्रामा अब आन्दोलनकारीबाट आक्रमण र तोडफोडका घटना हुन छाडेपछि सुरक्षित भएको महसुस गर्न थालेका छन् । हिजोआज तराई मधेसका राजमार्गमा बिनारोकतोक सयौँ मालवाहक र यात्रुवाहक गाडी चौबिसै घन्टा गुडिरहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सागरविक्रम राणाले अब पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनमा कुनै समस्या नरहेको बताए । डिजेलको अभावले पहिलेको तुलनामा केही कम गाडी चले पनि राजमार्गको अवस्था सामान्य अवस्थामा फर्किसकेको निरीक्षक राणाले जानकारी दिए । यसरी यातायातका साधन राजमार्गमा चल्न थालेपछि जनकपुरदेखि ढल्केवर र जलेश्वर–भिट्ठामोड सडकखण्डमा पनि सार्वजनिक यातायात सञ्चालनको तयारी भइरहेको यातायात व्यवसायीहरु बताउँछन् । महेन्द्रनगर धनुषाका यायायात व्यवसायी मन्दिप झाले भन्नुभयो–“यो बन्दले सबैभन्दा ठूलो मारमा हामी यातायात व्यवसायी परेको र बैंकको किस्ता बुझाउन र यातायात मजदुरको समेत घरपरिवार पाल्न धौ धौ भएकाले अब आउने हप्तादेखि लोकल रुटमा समेत गाडी संचालनको तयारी गरिरहेका छौँ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies