Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मधेसी नेताहरुबाट यस्तो पाठ पनि सिक्ने हो कि !

\"madheshi काठमाडौं । तराई–मधेसका सात महिना बढी समय आन्दोलनपछि मधेसवादी दलहरुले जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन् । तराई–मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा भएको आन्दोलन काठमाडौं आइपुग्दा आदिवासी जनजातिले साथ दिएका छन् । मधेसी–जनजातिको २९ दलीय संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनको दोस्रो चरणमा खुलामञ्चमा रिले अनसन बसिरहेका छन् । राजधानीमा मधेसी मोर्चाका नेताहरु धर्नामा बसिरहँदा रुपन्देहीमा भने मधेसी दलका स्थानीय नेताहरु मधेस आन्दोलनमा मारिएका आफ्ना कार्यकर्ताको परिवारको सहयोगमा जुटिरहेका छन् । \"forum-dipendraउनीहरु मधेस आन्दोलनका क्रममा मारिएका रुपन्देही बेलहियाका रामेश्वर पासीको घर बनाइदिन कस्सिएका छन् । चार छोरीका बाबु पासी आन्दोलनको क्रममा मारिएपछि घर परिवारको विचल्ली भएको भन्दै मधेसवादी नेता दीपेन्द्र झा, संघीय समाजवादी फोरमका उपाध्यक्ष रामु यादव लगायतका नेताहरु आफै श्रमदान गरेर घर निर्माणमा लागेका छन् । विभिन्न ठाउँबाट इँटा, बालुवा, सिमेन्ट लगायतको सहयोग जुटाएर उनीहरु आफै श्रमदानमा खटिएको फोरमका नेता मृत्युञ्जय झाले बताए । तत्कालिन माओवादी जनयुद्धका बेला माओवादी कार्यकर्ताहरु पनि सहिद तथा वेपत्ता परिवारका घरमा श्रमदान गरेर सहयोग गर्ने गरेका थिए । शान्ति प्रक्रियामा आएसँगै माओवादी नेताहरु भने राजधानीमा विलासी जीवन विताउन थालेका छन् भने कार्यकर्ताहरुको विचल्ली हुँदै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending