Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

चिडियाखाना व्यवस्थापन गर्न प्राधिकरण बनाइने

\"Zoo\"काठमाडौँ । सरकारले मुलुकभर सञ्चालनमा रहेका चिडियाखाना व्यवस्थापन र नियमन गर्न राष्ट्रिय प्राणी उद्यान प्राधिकरण बनाउने भएको छ ।व्यवस्थापिका–संसद्को वातावरण समितिमा चिडियाखानाको नीति, योजना र भावी कार्यक्रमका बारेमा भएको छलफलमा सांसद्हरुको सुझावपछि वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले छिट्टै राष्ट्रिय प्राणी उद्यानसम्बन्धी प्राधिकरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मुलुकभर २५ भन्दा बढी सानास्तरका चिडियाखाना कानुनविपरीत सञ्चालनमा रहेको आवाज उठेपछि सांसदहरुले त्यसबारेमा तत्काल आवश्यक नीति नियम बनाउनुपर्ने सुझाव दिएका हुन् ।

समितिले मुुलुकभरका चिडियाखानालाई व्यवस्थापन, सुदृढीकरण र नियन्त्रण समेत गर्न केन्द्रीय चिडियाखाना प्राधिकरणको कानुनी व्यवस्थाको अभाव देखिएको जनाएको छ ।

समितिका सभापति जनकराज चौधरीले चिडियाखानासम्बन्धी छुट्टै कानुनको व्यवस्था गर्ने विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसद्मा तीन महिनाभित्र पेस गर्न वन तथा भू–संरक्षण मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्लाई निर्देशन दिए ।

समितिले सो चिडियाखानाको विस्तारको रुपमा सूर्य विनायकमा विस्तार गर्न र काठमाडौँ उपत्यका बाहेक उपयुक्त अन्य स्थानमा समेत चिडियाखानाको व्यवस्था गर्नका लागि कारबाही अगाडि बढाउन समेत मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई निर्देशन दिएको छ ।

समितिले नेपालका विभिन्न स्थानमा रहेका ससाना चिडियाखानाको वर्तमान अवस्था, संख्या र नियमनसम्बन्धी अवस्थाबारे एक महिनाभित्र जानकारी उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सांसदहरुको सुझावअनुसार मन्त्री सापकोटाले केन्द्रीय सदर चिडियाखानाको नेतृत्वमा प्राधिकरण स्थापना गरिने र त्यसले मुलुकभरका चिडियाखानालाई आवश्यक पर्ने मापदण्ड निर्धारण गरी निमयन गर्ने बताए । सरकारले प्रत्येक प्रदेशमा एक÷एक प्राणीउद्यान निर्माणका लागि सर्वेक्षण गर्न आगामी आर्थिक वर्षको बजेट रकम विनियोजन गरेको छ ।

मन्त्री सापकोटाले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो हुँदै गएकाले नै भक्तपुरको सूर्यविनायकमा २४५ हेक्टर वन क्षेत्रमा खुला प्राणी उद्यान बनाउने कार्य अघि बढेको जानकारी गराए । मन्त्रालयले सो उद्यानको शिलान्यास आगामी असार ९ गते गर्ने तयारी गरेको छ ।

सूर्यविनायकमा निर्माण गरिने उद्यान वन्यजन्तुलाई खुलारुपमा विचरण गर्ने गरी बहुआयामिक रुपमा विकास गरिने र उक्त उद्यान एकान्तपन, मनोरञ्जन र अनुसन्धानका लागि समेत उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

सूर्य विनायकमा प्राणी उद्यानका लागि सरकारले अघिल्लो आवमा रु ५० लाख बजेट निकासा गरेको थियो भने यस आवमा रु चार करोड ५० लाख निकासा गरिसकेको छ ।

बैठकमा सदर चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल करिब १०४ प्रजातिका ७५४ विभिन्न वन्यजन्तु रहेको र हात्ती, गँैडा, बाघ, भालु, हिप्पो, नीलगाई जस्ता ठूला स्तनधारी वन्यजन्तुका लागि उक्त स्थान ज्यादै साँघुरो भएकाले व्यवस्थापनमा कठिनाइ भएको जानकारी गराए ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । विसं २०५२ देखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको चिडियाखानामा वार्षिक करिब १० लाख दर्शकले अवलोकन गर्ने गरेका छन् ।

बैठकमा सांसदहरु वीरबहादुर बलायर, सकलदेव सुतिहार, डा दुमनसिंह थापा, पुरुषोत्तम पौडेल, राजाराम स्याङतान, पर्शुराम तामाङ, मधु शाही ठकुरी तथा सरिता प्रसार्इंले सरकारलाई सदर चिडियाखाना प्राथमिकतामा राख्न र त्यहाँ रहेका ठूला जनावरलाई सार्नका लागि प्राणी उद्यानको काम तत्काल अघि बढाउन सुझाव दिएका थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending