Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

निर्दोस नेपालीको हत्या कायरतापूर्ण र अमानवीय – प्रधानमन्त्री ओली

\"kp-oli1\"काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दोस नेपालीको हत्या कायरतापुर्ण र अमानवीय भएको बताएका छन् । उनले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपाली नागरिकको शव आज स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलिपछि प्रधानमन्त्री ओलीले सेवाको भावनाले काम गरिरहेका निर्दोष र कुनै सम्बन्ध नभएका नेपालीलाई हत्या गर्ने कार्यको निन्दा र भत्र्सना गरे । “कुनै युद्ध होइन, कुनै वैरभाव छैन, त्यस्तालाई हत्या गर्ने आतङ्ककारी क्रियाकलापको परिणामतः १२ जना नेपालीको निधन भयो, उहाँहरुप्रति सबैका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”– उनले भने । प्रधानमन्त्री ओलीले आक्रमणमा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शव मृतकका परिवारलाई हस्तान्तरण गर्ने र सम्बन्धित स्थानमा शव पु¥याउने प्रबन्ध मिलाइएको जानकारी गराए । उनले उद्धार कार्यपछि मृतकका परिवारलाई कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा छलफल गरेर अघि बढ्ने जानकारी गराउँदै भने – “सरकारको तर्फबाट प्राथमिकताअनुसार गर्ने काम गरेको र थप कामका बारेका छलफल गरेर पीडितलाई के कस्तो सहयोग गर्नुपर्छ भन्नेतर्फ पनि हामी सोच्दछौ । अफगानिस्तानमा कार्यरत स्वदेश आउन चाहने नेपाली नागरिकका सम्बन्धमा सरकारले के व्यवस्था गर्छ भन्ने जिज्ञासामा उनलउे त्यस विषयमा सरकारले विचार गर्ने बताए । विमानस्थलमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीलगायतले मृतकको शव राखिएका कफिनमाथि फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । सोमबार अफगानिस्तानमा भएको आत्मघाती हमलामा परी १२ नेपालीको मृत्यु भएको थियो । यस घटनामा अन्य सात जना घाइते भएका छन् । सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरी आज उक्त शव नेपाल ल्याएको हो । त्यस विमानमा अफगानिस्तानमा कार्यरत २४ नेपाली नागरिक स्वेच्छाले काम छोडेर स्वदेश फर्केका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending